2026-08-30 08:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

१३०औं अन्तराष्ट्रिय श्रमिक दिवस: ब्यानरमा मजदुर एकता, कार्यक्रम छुट्टाछुट्टै

बैशाख १८, सुर्खेत । ‘संसारको मजदुर एक हौ’ नारा उल्लेखित ब्यानर बोकेका मजदुर सम्बद्ध राजनीतिक संगठनहरु भने एकजुट हुन सकेनन् । १३० औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा संसारका मजदुर एकताको नारा बोकेर छुट्टाछुट्ट मञ्चमा मजदुर अधिकार र मजदुर हितका बिषयमा बोल्न भने मजदुर र राजनीतिक दलका नेताहरु पछि परेनन् ।

नेपाली काँग्रेस सम्बद्ध नेपाल ट्रेड युनियन काँग्रेसको आयोजनामा काँग्रेस पार्टी कार्यालय र सत्तारुढ नेकपा सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघले वीरेन्द्रनगरमा छुट्टाछुट्टै ¥याली र मञ्चमा भाषण गरेर एकताविरोधी सन्देश दिए । तर, दुबै कार्यक्रमका अथिति राजनीतिक दलका नेता र सरकारका मन्त्रीहरुले भने मजदुर एकताका लागि आफुहरु लागि परेको भन्न भने चुकेनन् ।

बुधबार बिहान नेपाली काँग्रेस निकट नेपाल ट्रेड युनियन काँग्रेसले मंगलगढी चोकबाट ¥याली निकालेर बजार परिक्रममा पछि नेपाली काँग्रेसको पार्टी कार्यालय परिसरमा मजदुर सभाको आयोजना ग¥यो भने त्यस पछि सत्तारुढ नेकपा सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघले वीरेन्द्रनगरको खुल्ला मञ्चमा पुगेर सभाको आयोजना ग¥यो ।

कर्णाली प्रदेशको सामाजिक बिकास मन्त्रालयको र जिफन्टले आयोजना गरेको ¥यालीमा कर्णाली सरकारका मन्त्रीहरु र नेकपाका नेताहरुले सम्बोधन गरेका छन् । सबै श्रमिक र रोजगारदातालाई आव्ह्रान, सामाजिक सुरक्षामा सधृढीकरण हाम्रो अभियान’ भन्ने नारा उनीहरुले बोकेका थिए । दिवस मनाउन आएका मजदुरहरुले मजदुर हक अधिकार कागजमै मात्र सिमित भएको भन्दै कार्यान्वयन गर्न माग गरेका छन् ।

कर्णाली सरकारका वन तथा वातावरण मन्त्री नन्दसिह बुढाले समय, परिस्थिती अनुसार पारिश्रमिक निर्धारण गर्न आफुहरु लागी पर्ने प्रतिबद्धता जनाए । सरकारका आगामी नीति तथा कार्यक्रममा मजदुर हक अयिधकार कार्यान्वयनका गरिने उनले बताए । सामाजिक बिकास मन्त्रालयका सचिव डा. मानबहादुर बिकले कानुनले मजदरको हकहितलाइ पनि सुनिश्चित गरेको भन्दै अव यसलाई कार्यान्वयनमा लैजानतर्फ लाग्नु पर्ने आवश्यकता रहेको बताए ।

यसैबीच नेपाल टेड्र युनियन काँग्रेसले आयोजना गरेको सभामा पनि काँग्रेस नेताहरुले श्रमिक अधिकारका लागि मजदुर एकता अपरिहार्य भएको बताएका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले ट्रेड युनियन बलियो भएमात्र काँग्रेस बलियो हुने बताए । श्रमिकको हक अधिकारको लागि लड्ने पाटी काँग्रेसमात्र भएको भन्दै वर्तमान सरकारले मजदुरको हित विपरित कार्यमा लागेको आरोप लगाए । काँग्रेसका भातृ संगठनहरुलाई सक्रिय भएर लाग्न सुझाव दिँदै विगतका दिनमा भन्दा आगामी दिनमा श्रमिकहरुलाइ थप चुनौती रहेको भन्दै जस्तो सुकै चुनौतीलाई सामना गर्न तयार रहन आग्रह गरे ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकार मजदुरहरुलाई दमन गर्ने कार्यमा लागि परेको भन्दै अब मजदुरहरु जाग्ने बेला आएको बताईन् । ट्रेड युनियनको अधिकारको लागी आफुहरुले संसदमा कुरा उठाएको उनको भनाई छ । कर्णाली प्रदेशसभा सांसद अमृता शाहीले मजदुरहरुको हकहितको लागी आफ्ना पती अध्यक्ष गणेश शाहीको महत्वपुर्ण योगदान रहेको भन्दै उनको योगदानको कदर गर्न आग्रह गरिन् ।

नेपाली काँग्रेस सुर्खेतका सभापती कमलराज रेग्मीले मजदुरहरुको हक अधिकार प्राप्तिको लागी अहिलेको सरकार गम्भिर बन्न नसकेको आरोप लगाए । उनले मजदुरहरुको अवस्था जटिल रहेको भन्दै काँग्रेस निकट भातृ संगठनहरु जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरे । कार्यक्रममा टेड्र युनियन काँग्रेसका केन्द्रीय उपाध्यक्ष अजयकुमार राईले टेड्र युनियन कमजोर नरहेको स्पष्ट पार्दै सबै एकजुट हुनुपर्ने आवश्यकता औल्याए ।

नेपाली काँग्रेसका पुर्व पाटी सभापती एवम पुर्व राज्यमन्त्री तप्तबहादुर बिष्टले नेपालको इतिहासमा मजदुर आन्दोलनको विशेष महत्व रहेको भन्दै श्रमजिविको पक्षमा आवाज उठाउन सबै संगठनहरु एकजुट हुनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्नेहरु ट्रेड्र युनियनका प्रतिनिधिले श्रमिकका हक अधिकार अझैपनि कागजमै सिमित गुनासो गरेका छन् । उनिहरुले हरेक आन्दोलनमा श्रमिकहरुको योगदान महत्पुर्ण रहेको भन्दै नेपाली मजदुरले अलि पनि न्युनतम ज्यालमा काम गर्न बाध्य भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने