2026-09-19 12:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

डिएसपी पन्त पश्चिमाञ्चलकै उत्कृष्टः बम

ganga pantaपर्वत–पश्चिमाञ्चल क्षेत्रीय प्रहरी प्रमुख कमलसिंह बमले पर्वतका प्रहरी प्रमुख गंगा पन्त महिला भएपनि पश्चिमाञ्चलकै उत्कृष्ट प्रहरी अधिकृत भएको टिप्पणी गरेका छन्। प्रहरी र नागरिकबीच बिहीबार यहाँ भएको अन्तरक्रियामा बमले आफूले पश्चिमाञ्चलको जिम्मेवारी पाएपछि जिल्लाको अनुगमनमा कार्यक्षमताका आधारमा पन्तजस्तो जिल्लाको प्रहरी प्रमुख नभेटेको बताए।

विगतमा पर्वतमा केही व्यक्तिले प्रहरीलाई मुठ्ठीमा लिएर वितण्डा मच्चाउने गरेको भएपनि अहिले त्यो रोक्नुनै पन्तको सफलता भएको भन्दै नागरिकबाट प्रशंसा आएपछि बमले पन्तप्रति यस्तो टिप्पणी गरेका हुन्। बमले पर्वत र अन्य जिल्लाको कामकारवाही निरन्तर अध्ययन गर्दा पर्वतको कामकारवाही धेरै माथि रहेको पाएको बताए।

‘म पश्चिमाञ्चल प्रहरी प्रमुख भएर आएपछि जिल्लाको निरीक्षण गरिरहेको छु तर पर्वत उत्कृष्ट पाए’, उनले भने,’त्यसको सवै श्रेय म डिएसपी साब (गंगा पन्त)लाई दिन्छु ।’ नागरिकसँगको हातेमालोमै प्रहरीले सफलता पाउने आफ्नो जोड रहेको भन्दै उनले पर्वत प्रहरीले गरेका राम्रा काम अन्यत्र पठाउने धारणा राखे। नागरिक समाजका प्रतिनिधिले पर्वतका प्रहरी प्रमुख पन्तले राम्रो काम गर्दागर्दै पनि प्रहरीलाई मुठ्ठीमा लिने समुहले तालुकदार निकायका प्रमुखमार्फत पन्तलाई दबाब दिने गरेकोमा असन्तुष्टि जनाए।

‘आम नागरिकले डिएसपी पन्तको कामप्रति सन्तुष्ट छन तर प्रहरीका हाकिमबाटै उहाँले गरेका राम्रा कामकाबिरुद्धमा दबाब आउने गर्छ’, पर्वत अदालत बार इकाईका अध्यक्ष विश्वराज पाण्डेयले भने। यता नागरिक अगुवा अधिवक्ता भोलानाथ शर्माले पर्वतमा प्रहरी प्रमुख पठाउदा कानुन बुझेको र अनुभवी पठाउन आग्रह गरे। ‘गंगा पन्तले जुन अभियान थाल्नुभएको छ, उहाँजस्तै प्रहरी प्रमुख पर्वतलाई आवश्यक छ’, उनले भने। अन्तरक्रियामा सहभागीले प्रहरीका नराम्रा कामका विषयमा समेत पश्चिमाञ्चल प्रहरी प्रमुखको ध्यानाकर्षण गराएका थिए।

यता पत्रकार गणेश पौडेलले नदीजन्य सामाग्रीमा अञ्चल प्रहरी प्रमुख छविलाल जोशीले पर्वत प्रहरीलाई दबाब दिएको आरोप लगाए। ‘एसएसपी साबको क्वाटरबाट नदी दोहन गरेको प्रष्ट देखिन्छ तर उहाँले उल्टै पर्वत प्रहरीले नदी दोहन रोक्ने प्रयास गर्दा क्रसर व्यवसायीकै पक्षमा लाग्न दबाब दिनुहुन्छ’, उनले भने । पर्वतका प्रहरी प्रमुख पन्तले रातको समयमा क्रसर व्यवसायीले नदीमा एक्साभेटर प्रयोग गरेर नदी दोहन गरेको भेटेपछि दुई साताअघि सवारी नियन्त्रणमा लिएकी थिइन्। तर अञ्चल प्रहरी प्रमुख जोशीले पन्तलाई सवारी नियन्त्रणमा नलिन दबाब दिएका थिए।

नागरिकको चर्को समर्थन पाएपछि पन्तले आफू मुलुकको कानुन बिपरित आफ्नै हाकिमको दबाब आएपनि हलचल नहुने प्रष्ट पारिन्। ‘म मेरो जिम्मेबारीमा रहँदासम्म कोही कसैबाट पनि प्रभावित नभई काम गर्छु’, उनले भनिन्। पन्तले जथाभावी मदिरा नियन्त्रण, महिला हिंसाका घटना कमी ल्याउन, चोरीसिकारी, तस्करी, गुण्डागर्दी नियन्त्रण र सबैलाई प्रहरीसम्म पुग्न सहज ब्यवस्था मिलाएकी छन् ।

-नागरिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो