2026-09-13 01:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एकै दिन चारको जटिल शल्यक्रिया

बैशाख १९, हुम्ला– दुर्गम हिमाली जिल्ला हुम्लामा एक दिन आज चार सुत्केरीको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । जिल्ला अस्पतालले यसभन्दा पहिला पनि सुत्केरीको शल्यक्रिया गरेको थियो । 

अस्पतालमा दुई एमजिडिपी चिकित्सक र अन्य सहयोगी कर्मचारीको व्यवस्था हुँदा सो शल्यक्रिया गर्न सकिएको जिल्ला अस्पतालका डा अमृत विष्टको भनाइ छ । खार्पुनाथ गाउँपलिका–३ रायागाउँ निवासी खतराको मुखमा पुगेकी २८ वर्षीया सुत्केरी जौका टमटाको ज्यान जोगिएको छ । खार्पुनाथ–३ की टमटाको शल्यक्रिया गरी शिशु निकालिएको छ ।

अहिले आमा र शिशु दुवैको स्वास्थ्य अवस्था ठीक रहेको जिल्ला अस्पतालमा कार्यरत डा विष्टलाई उद्धृत गर्देै अनमी सरिता बोहराले बताइन् । उनका अनुसार प्रश्रव पीडामा छटपटाइरहेकी टमटालाई उपचारका लागि तीन दिनअघि अस्पताल ल्याइएका थियो ।

स्वास्थ्यचौकी रायमा नियमित टमटाको स्वास्थ्य जाँच गर्दा पेटमा शिशु उल्टो बसेकाले सुत्केरी हुन नजीकै स्वाथ्यचौकीमा सम्भावना नभएपछि जिल्ला अस्पतालमा लगिएको हो । हुम्लाजस्तो दुर्गम ठाउँमा जटिल प्रकृतिको शल्याक्रिया सफल हुनु हुम्लाका लागि खुशीको कुरा भएको उनले बताए । जिल्ला अस्पतालका डा.विष्टको नेतृत्वमा डा.सिद्धार्थ, अनमी बोहरा, स्वाथ्यकर्मी प्रेम भण्डारीलगायत चिकत्सकको टोलीले सफलतापूर्वक शल्यक्रिया गरेका छन् ।

हुम्लालगायत दुर्गम जिल्लामा सङ्घीय र कर्णाली प्रदेश सरकारले एअरलिफ्टमार्फत बिरामीको उद्धार गरिरहेका बेला जिल्ला अस्पतालले आज चार जनाको शल्यक्रिया गरेको छ, जसमा दुई मुख्य र दुई सामान्य शल्यक्रिया छन् । 

शल्यक्रियामा संलग्न विशेषज्ञ चिकित्सक एमजिडिपी डा सिद्धार्थ खाती र डा.विष्टको सहभागिताले शल्यक्रिया पूर्ण सफल भएको अनमी सरिता बोहराले बताइन् । त्यस्तै अर्को स्त्रीरोगका बिरामी र  कान च्यातिएका दुई बिरामीको शल्यक्रिया भएको छ । स्काभेटर दुर्घटनामा मङ्गलबार बिहान दुर्घटनामा परेका सर्केगाड–६ का विष्णु बुढाको बुधबार हड्डी र मासु जोड्ने ‘टेण्डन रिप्युटर’ शल्यक्रिया जिल्लामै पहिलो पटक भएको पनि अनमी बोहराले जानकारी दिए । 

जिल्लामा विशेषज्ञ चिकित्सक र पर्याप्त मात्रामा उपकरण नहुँदा बिरामीलाई सेवा दिन नसकिएको र सामान्य विषयमा  पनि जिल्ला बाहिर सिफारिश गर्नुपर्ने बाध्यता अबदेखि हटेको छ । सडकले नछोएको हुम्ला  जिल्ला अस्पतालले पटक पटक साधारण र जटिल शल्यक्रिया गरेको जिल्ला अस्पतालका अनमी बोहराले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन