2026-07-02 12:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रजिअले गरे तीन करोडको खानेपानी आयोजनको शिल्यान्यास

 20160427_083024

पर्वत, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले व्यक्तिको लगानीनै दिगो विकासको उपज भएको बताएका छन् । व्यक्ति व्यक्तिबाट संचालन भएको संघसस्थाबाट गरीएको लगानी दिगो र टिकाउने हुने ढकालले बताएका हुन् । सरकारी तह र स्तरबाट गरीने लगानीमा दिगोपना नहुने र दिगोपन गराउनको लागि पनि समाज अग्रसर नहुने तर स्वंयम व्यक्तिबाट भएको लगानीको प्रतिफल र विकास दिगो हुने उनले बताए ।

बुधबार शिवालय खानेपानी उपभोक्ता  तथा सरसफाइ संस्थाको २ सय ५० घन मिटरको नयाँ खानेपानीको टंकी उद्घाटन गर्नको लागि चिलाउनेचौतारा पुगेका प्रजिअ ढकालले यस्तो बताएका हुन् । कार्यक्रममा टंकीको शिल्यान्यास गर्दै प्रजिअ ढकालले  खानेपानी संस्थालाई नगपालिकाले पनि सहयोग गर्नुपर्नेमा जोड दिए । स्थानिय विकासको जिम्मा पाएको स्थानिय सरकारको रुपमा रहेको जिल्ला विकास समितिले नगर क्षेत्रको विकास र खानेपानीमा नागरीकको पहुँच पु¥याउने उदेश्यका साथ आयोजना गरेको कार्यक्रममा सहभागी नभएर गैरजिम्मेवारी पन देखाएको उनले आरोप समेत लगाए । ६ सय ३ नीजि र २७ सार्वजानिक धारासहित खानेपानी सम्बन्धी भौतिक संरचना निर्माण गरी २०५८ सालमा संस्थाले हस्तान्तरण लिएर कुश्माबजारीबासीलाई खानेपानीको पहुँचा पु¥याउँदै आएको छ ।

बजारको बढ्दो जनसंख्याका कारण पानीको कम हु्न थालेपछि संस्थाले उक्त टंकीको निर्माण कार्यको थलानी गरेको हो भने थप स्लोस्याण्ड फिल्टरको निर्माण, खरेहामा १ सय घ. मिटरको टंकी निर्माण, चुवाट भएको ३ सय घन मिटरको टंकीको मर्मत, प्रसारण लाइन थप गर्ने योजना संस्थाले राखेको छ । उक्त कार्य सम्पन्न गर्नको लागि ३ करोड ४२ लाख ८७ हजार ९ सय ७४ खर्च लाग्ने बताइएको छ । उक्त बजेटमा नेपाल सरकारको ७० प्रतिशत अनुदान र बाँकी ३० प्रतिशत संस्थाको हुनेछ ।

५०÷५० प्रतिशतको अबधारणामा दोस्रो साना शहरी खानेपानी तथा  उपभोक्ताको क्षेत्रगत आयोजना अन्तरगत नयाँ योजना २०६१ सालबाट नेपाल सरकार, नगरविकास कोष र उपभोक्ताको सहकार्यमा ८ करोड ५२ लाख ५४ हजार २ सय १२ रुपैयाँ र सरफाई तर्फ ४२ लाख ५४ हजार ६ सय ७६ रुपैयाँ गरी कुल ८ करोड ९५ लाख ८ हजार ८ सय ८९ मा आयोजना संचालनमा आएको थियो । संस्थाले पातिखोला र क्यादी खोलाको मुहानबाट पानी पाइपलाइनबाट प्रसारण गरी क्ुश्मा क्षेत्रमा ल्याएको छ । भने संस्थाका १८ हजार भन्दा बढी उपभोक्ता रहेको संस्थाका अध्यक्ष तारानाथ शर्माले प्रतिबेदन प्रस्तुत गरेका थिए ।

शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा कुश्मा नगरपालिकाका कार्यकारी प्रमुख चण्डीका पौडेर र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख प्रेम प्रसाद डोटेलले संस्थालाई आफ्नो कार्यालयबाट हुने सहयोग गर्ने बताएका थिए भने उक्त कार्यक्रको स्वागत उपाध्यक्ष मिना कर्मचार्य र संचालन सचिव रविकुमार श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध