2026-08-30 08:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णालीको राजधानीमै खानेपानीको सङ्कट

बैशाख २१, सुर्खेत । वीरेन्द्रनगरमा दुई महीनादेखि खानेपानीको सङ्कट बढ्दै गएको छ  । कर्णाली प्रदेशको राजधानीसमेत रहेको यहाँका धारामा पानी आउन छाडेपछि स्थानीय  बासिन्दा काकाकूल बन्दै गएका छन् । 

मन्त्री तथा सरकारी अधिकारीका निवासमा यो समस्या छ । यही चैत्र १५ गते नेपाल गुणस्तर तथा नापतौल विभाग सुर्खेत कार्यालयले मापदण्डविपरीत सञ्चालन भएको कारण देखाउँदै यहाँका दुई पिउने पानी उद्योगमा सिलबन्दी गरेपछि यो समस्या झनै चुलिएको छ ।

कार्यालयका खाद्य निरीक्षक भेषबहादुर थापाको नेतृत्वमा गएको अनुगमन टोलीले मध्यपश्चिम वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रालि र देउती दर्शन वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रालिमा सिलबन्दी गरेयता जार र बोतलमा आउने पानी बजारमा अभाव हुँदै गएको हो । 

‘बजारमा पानी अभाव हुँदै जाँदा बाहिरबाट आउने पानी व्यापारीले महङ्गोमा पानी बिक्री वितरण गर्ने गरेका छन्’, स्थानीयबासी दुर्गा बमले भने, ‘रु २० मा पाइने बोतलको पानी अहिले रु ३०÷३५ मा किन्नुपरेको छ ।’ शुद्ध पानीभन्दा पनि पानीमात्रै जोहो कसरी गर्ने भन्ने चिन्ता वीरेन्द्रनगरवासीमा बढ्न थालेको उनको भनाइ छ ।

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले अहिलेको विकासको तरिका र दिनहुँ बढ्दै गएको खडेरीले वीरेन्द्रनगरमा पानीको हाहाकार बढेको राससलाई जानकारी दिए । 

‘खडेरीले एकातिर पानीको मूल सुक्दै जाँदा आपूर्तिमा कमी आएको छ भने अर्कोतिर यहाँ बसाइँसराइका लागि आउनेको सङ्ख्या दैनिक वृद्धि हुँदै  गएकाले झनै खानेपानीको सङ्कट बढेको हो’, अध्यक्ष देवकोटाले भने । 

झुप्रा, इत्राम, खोर्के, खरी तथा बरीखोलाका साथै बुलबुले तालबाट पानी आपूर्ति गर्दा त्यहाँ पनि पानी अपुग भएकाले खानेपानीको समस्या  समधानका लागि राजधानीमा दीर्घकालीन योजना निर्माणमा स्थानीय तथा प्रदेश सरकारको चासो देखाउनुपर्नेमा उनले जोड दिए ।

संस्थाका इञ्जिनीयर बालाराम तिवारीले सामान्यतयाः प्रतिसेकेण्ड १४५ लिटर आउने पानी खडेरीका कारण ९६ लिटरमा झरेपछि यो समस्यामा आएको बताए । ‘वीरेन्द्रनगरमा १७ हजार धारा जडान गरिएको छ र पाँच हजार धारा जडानका लागि तयारीमा छन्’, इञ्जिनीयर तिवारीले भने, ‘३३ हजार घरधुरीका लागि एक वर्षअघि ती धारा जडान गरिएका थिए ।’ 

गत वर्षको तथ्याङ्कअनुसार वीरेन्द्रनगरमा खानेपानी उपभोग गर्ने एक लाख ८१ हजार जनसङ्ख्या रहेको जानकारी दिँदै  उनले भने, ‘यसका लागि प्रतिसेकेण्ड १७८।५ लिटर पानी आवश्यक हुन्छ तर खडेरीले ८२ लिटर प्रतिसेकेण्ड पानी कम भएको छ भने खानेपानी उपभोग गर्ने सङ्ख्या करीब दुई लाख पुग्दैछ ।’

इन्जिनियर तिवारीका अनुसार खानेपानी उपभोक्तामा दैनिक एक करोड ५४ लाख २२ हजार ४०० लिटर पानी जानुपर्दछ तर आजभोलि दैनिक ८२ लाख ९४ हजार ४०० लिटर पानी मात्र जान्छ । यसलाई केलाउँदा ४६ प्रतिशत अर्थात् ७१ लाख २८ हजार लिटर पानी अहिले पनि वीरेन्द्रनगरमा अभाव रहेको संस्थाले जनाएको छ ।

तत्कालको समस्या समधानका लागि खानेपानी तथा सरसफाइ डिभिजन सुर्खेत कार्यालयले सुर्खेत रतु दुन्दुरे खोलाबाट प्रतिसकेण्ड २० लिटर पानी ल्याउन डिपिआर तयार गरी बोलपत्रको प्रक्रियामा रहेको र भेरीको पानी ल्याउन पनि डिपिआर तयार भइसकेको  जनाएको छ ।

बढ्दो शहरीकरणले वीरेन्द्रनगरको खानेपानीमा भएको सङ्कट समाधानको एकमात्र विकल्प भेरी नदीको पानी लिफ्टिङ परियोजना जतिसक्दो छिटो निर्माण गरेर सञ्चालनमा ल्याउनु हो । यसबाट प्रतिसेकेण्ड ३८० लिटर पानी ल्याउने दीर्घकालीन योजना निर्माणका लागि रु दुई अर्ब ९२ करोड बजेट लाग्ने अनुमान गरिएको छ।

स्थानीयवासीको साहारा बन्दै बुलबुले ताल

जार, बोतल, गाग्री, ग्यालिन र ड्रम लिएर यहाँका बासिन्दा बुलबुले तालबाट खानेपानीको जोहो गर्न थालेका छन् । खडेरीकै कारण तालको पानीसमेत घटेको छ । नुहाउने, कपडा धुने, खानेपानी ल्याउनेको भीडले बुलबुले तालमा दैनिक मानिसको मेला लागेजस्तै हुन्छ । पानीको सङ्कट समधान गर्न यहाँ बसोबास गर्ने बासिन्दाका  लागि बुलबुले मुख्य साहारा भएको छ ।

राजधानीजस्तो शहरमा पानी नआउँदा शौच गर्न, हातमुख धुन र सरसफाइ गर्न समस्या भएकाले शौचालयसहित यहाँको वरिपरिको वातावरण दुर्गन्धित बन्दै गएको स्थानीयवासी आनन्द विष्टले गुनासो गरे ।  

सुर्खेतकै  चिसापानीस्थित ढुङ्गेधारामा पनि पानी भर्नेको दैनिक लाइन लाग्ने गर्दछ । यहाँका बासिन्दाले पानी भर्न पाउँदा युद्ध जितेको महसुस गर्न थालेका छन् । स्थानीय समाजसेवी नन्दबहादुर भण्डारीले भने, ‘पानीमा विश्वको दोस्रो धनी देश भनिएको नेपालमा बस्ने नेपाली पानीकै तिर्खाले व्याकुल हुनु निकै ठूलो बिडम्बना हो ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने