2026-07-02 12:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सम्पादकीय-जनतालाई सरकारको अनुभूति गराउ

भूकम्पले क्षेतविक्षत भएको पनि एक बर्ष पुरा भयो तर अझै पनि भुकम्प पीडित राहतको प्रखाइमा रहेका छन् । बर्षौ दिन पुग्दा पनि भूकम्प पीडित अझै पालको भरमा जिविन व्यतित गरिहरको छन् । ‘यस्तै ताल हो भने एक दशकमा पनि भूकम्प पीडितहरूलाई घरभित्र पसाउन सकिँदैन ।’ पुर्ननिर्माणको कार्य गर्नको लागि सरकार जिम्मेवारी भएको देखिदैन ।  शंखेकिराको गतिमा पुर्ननिर्माणको कार्य अगाडी बढाएको सरकार भूकम्प पीडतप्रति   गैरजिम्मेवारी भएर प्रस्तुत भएको आम नागरिकलाई अबगत भएको कुरा हो । यस्तो दिव्यज्ञान प्राप्त गर्न नै एक वर्ष लगाएको सरकारले अब कुनै अर्को भूकम्पको साइत कुरेको हो या, आफ्नो गैरजिम्मेवारीपन दर्शाएको हो  । एक बर्षसम्म दिव्यज्ञान हासिल गर्न लागेको सरकारले भूकम्प पीडित सबै घर, बस्ती, सडक र देवलको पुनर्निर्माण बारे भने गम्भीर आशंका र प्रश्न ज्युँकात्युँ छन् ।

जनताको घर बनाउनको लागि विदेशी दातृ निकायको मुख ताकेको ओली सरकार धरहराको निर्माण भने आफै नेपालीले बनाउँन पर्छ भन्दै विकुल फुकिरहेका छन् । तर जनताको घर निर्माणमा सरकारले देखाएको आलस्यताले गर्दा देशका सरकार नभएको आम नागरिकले महसुस गरीरहेका छन् ।  रात्री भोज र दिवा भोजको लागि राष्ट्रीय ढुकुटीबाट करोडौ रकम सिध्याउने ओली जनताको घर बनाउनको लागि विदेशी अनुदान र ऋणमा लिएर देशलाई डुबाउने खेलमा लागिरहेको यो तितो यथार्थनै हो ।

भूकम्पको लामो कालखण्ड पार हुदाँ पनि राज्यबाट पीडितको लागि केहि पहल हुन नसक्नु दुरभाग्यनै हो । राहतमा आएका खाद्यन्न कुहिएर खाल्डोमा पु¥याउने सरकार भूकम्प पीडितको लागि भने सो काम गर्न सकिराखेको छैन । जसका कारण पनि भूकम्प पीडित कहिले ठिही त कहित तातो हावा र घामका कारण त्रिपालभित्र पाकिराखेका छन् तर सरकारको ध्यान अझै जान सकेको छैन । भूकम्प बाट बेपत्ता भएका अझै कति नागरीकको खोजी हुने सकेको छैन तर सरकार उनीहरको खोजीको लागि पनि पहल गरेको छैन ।

भूकम्पले नेपाली नागरिकलाई सडकमा ल्यायो तर एनजिओलाई भने मालमाल बनाएको छ । भुकम्पको लागि आएको राहतमा पनि राजनीतिकरण भएका कारण अझै पीडिहरु राहतको प्रखाइ र सरकारको मुहार हेर्नको लागि प्रतिक्षमा रहेका छन् । राष्ट्रबादको नारा घन्काउने ओली सरकार कहिले संविधान घोषणा भएकोमा भोज, कहिले सरकार गठन भएको खुसियालीमा पार्टी, कहिले भारत र चीन भ्रमणको सफलतामा डिनर त कहिले आफ्नै गुटगत अभियानका लागि लन्चमा नै व्यस्त भएको छ जसका कारण पनि सरकारले भूकम्प पीडितको लागि केहि गर्नको सकेको छैन । सरकारले भूकम्प पीडितलाई सरकारको अनुभूति गराउनको लागि अझै सकिराखेको छैन । सरकारले तत्तकाल भूकम्प पीडितलाई सरकारको अनुभूति दिलाउन सक्नुपर्छ यहि नै जनताको लागि सरकारको अनुभूति हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध