Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

एक सय १३ आँखा बिरामीको उपचार

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>वैशाख २१, जुम्ला | निःशुल्क आँखा शिविरमा एक सय १३ जना मोतिविन्दु भएका बिरामीले आँखाको उपचार गरेका छन् । नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखाको आयोजना र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा आँखाका बिरामीले सेवा लिएका हुन् ।&nbsp;<br></p><p>आँखा उपचार केन्द्रका दलबहादुर महाताराका अनुसार यही वैशाख १३ गतेबाट शुरु भएको मोतिविन्दु छनोट शिविरबाट कनकासुन्दरी गाउँपालिकाको गोठी ज्यूलाबाट १३ जना, सिञ्जाको नराकोटबाट १२ जना, हिमा गाउँपालिकाको कालिकाखेतुमा २१ जना, तिला गाउँपालिकाको रारालिहिबाट १३ जना, तातोपानी गाउँपालिकाको तातोपानीबाट २२ जना, गोठीचौर गाउँपालिकाको झारज्वालाबाट १९ जना र पातारासी गाउँपालिकाको डिल्लचौर स्वास्थ्यचौकीबाट १३ जना गरी जम्मा ११३ मोतिविन्दुका बिरामीले सेवा लिएका छन् ।&nbsp;&nbsp;</p>