2026-07-02 12:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एमाले पर्वतको बैठकमा विकास निर्माणमा चासो

लामो समयपछि बैठक बस्न सफल भएको नेकपा एमाले पर्वतको चौथो बैठकले संगठन निर्माणसँगै जिल्लाका विकास निर्माणमा ध्यान समेत दिएको छ । एमाले पर्वतले शनिवार पत्रकार सम्मेलन गर्दै कालीगण्डकी लोकमार्गका कामलाई तिब्रता दिन, भुपि शेरचन राजमार्गलाई जिर्णोद्धार र विस्तार, भुकम्पको क्षतिको पुननिर्माण, नाकाबन्दी पछि कालोबजारी गर्नेलाई कडा कारबाही, प्राकृतिक साधान श्रोत माथिको गैरकानुनी उत्खनन, कोरला नाका संचालनमा पहल, विभिन्न स्थानमा बैंक शाखा संचालन गर्नेमा जोड दिने, प्रशासनिक सेवा केन्द्र हुवासमा संचालन गर्ने सरकारी निर्णयको कार्यान्यनमा जोड दिने लगायतका विषयमा पार्टीले छलफल चलाउने जानकारी दिएको हो ।

एमाले पर्वतले जिल्लाका ४७ वटा गाविस र १ नगरपालीकामा एकै पटक वैसाख २५ गते बैठक बस्ने र सरकारका गतिविधी तथा नाकाबन्दीले पारेको समस्या लगायत पार्टीका गतिविधी तथा संगठन निर्माणमा छलफल हुने समेत जनाएको छ । एमालेले जिल्लामा ८ वटा कलष्टर क्षेत्र निर्माणमा गरी ति क्षेत्रमा कलस्टर स्तरीय भेला गरी कार्यक्रम गर्ने समेत जनाएको छ ।

पत्रकार सम्मेलनमा एमाले पर्वतका अध्यक्ष पदम गिरी, जेष्ठ कम्युनिष्ट सदस्य तोयनाथ चालिसे, उपाध्यक्ष भक्त कुँवर, सचिव पदमपाणी शर्मा लगायतका पार्टीका पदाधिकारीहरु सहभागि थिए । एमाले पर्वतले पार्टीका विभिन्न क्षेत्र हेर्ने ८ वटा विभागिय प्रमुखहरु समेत तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध