2026-07-02 01:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

श्रमिक दिवसको अबसरमा अन्तरक्रिया

पर्वत, अखिल नेपाल टे«ड युनियन महासंघ पर्वतले श्रमिक दिवसको अबसरपारी अन्तरक्रिया कार्यक्रम गरेको छ । जिल्लामा रहेका श्रमिकको अबस्था  तथा राज्यले श्रमिकको लागि बनाएको नीति नियम र त्यसको कार्यन्वयनको पक्षका बारेमा व्यापक अन्तरक्रिया गरी कार्यक्रम बनाएको हो ।

दिवसको अबसरमा महासंघले मजदुरको हकहितका लागि अझै राज्यले ठोस नीति निर्माण गरी कार्यन्वयनमा ल्याउनको लागि भने अझै नसकेको बताएको छ । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले राज्यले श्रमिकको हकहितका लागि कुनै काम गर्न नसकेको र केबल औपचारिकतामा सार्वजानिक विदामा मजदुर दिवसलाई सिमित राखेको गुनासो गरेका छन् ।

८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन भन्ने अभियानका साथ अमेरीकाबाट मजदुरले आफ्नो अधिकारको माग गर्दै अभियान चलाएता पनि नेपालमा भने त्यस्तो हुन नसकेको प्रति मजदुरहरुको गुनासो छ। नेपालमा २४ घण्टा काम गर्दा पनि सजह रुपमा खान र बस्न नपाउने श्रमिकले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको आश गर्नु आकाशको फलसरी भएको बक्ताहरुले टिप्पणी गरेका छन् ।

   ‘मे १′ अर्थात १२७ औँ अन्तर्रा्ष्ट्रिय श्रमिक दिवस नेपालमा नेपालामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएत पनि त्यसको प्रभावकारीता र नीति अनुरुप कार्य भने अझै हुन सकेको छैन । अमेरीकाबाट मजदुरले शुरु गरेको अभियान युरोप हुदै फ्रान्सको पेरिसमा गएर श्रमिकहरुको बृहत सम्मेलले उक्त नीतिलाई पारित गरेता पनि सोही अनुसारको काम भने अझै हुन सकेको छैन ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियोे । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउने गरिन्छ । विश्वका मजदुरहरुले यस दिवसलाई पर्वका रुपमा पनि मनाउँदै आएका छन् ।

दिवसको अवसरमा बिभिन्न श्रम( संगठनहरुले आफ्ना हक अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने कार्यक्रम गरेता पनि नेपालमा भने अझै पनि नेपाली विदेशी मुलुकमा श्रमिकका रुपमा लाखौको संख्यामा गएता पनि सोही अनुसारका काम भने अझै पाएका छैनन् ।  विसं २०४६ को राजनीतिक परिवर्तनपछी नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध