Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  
2026-10-14 08:13 PM
धादिङ्ग - DHG

धादिङमा भिरमौरीको मह खाँदा दश जना बिरामी

 वैशाख २२, धादिङ । विकट उत्तरी धादिङको रुविभ्याली गाउँपालिका वडा नं ४ बोराङमा भिर मौरीको मह खाँदा आज १० जना बिरामी परेका छन् । बिरामीपर्नेमा ५२ वर्षीय नोप्चा लामा, ६२ वर्षीय च्याजोम तामाङ, २० वर्षीय हिमाल विक, २४ वर्षीय लालु विक, १५ वर्षीया सुष्मा तामाङ, १६ वर्षीय मे लामा तामाङ, ४२ वर्षीया मेञ्जित माया तामाङ, ५२ वर्षीय चोकबहादुर तामाङ, ५५ वर्षीय कान्छा लामा तामाङ र सोही गाउँपालिका वडा नं ४ हन्दिुङ निवासी ३५ वर्षीय तेसमान तामाङ रहेका छन् ।

बिरामीमध्ये तेसमान र कान्छा लामाको अवस्था गम्भीर भएकाले उपचार हुन नसकी हेलिकप्टरको सहायताले काठमाडौँ लगिएको सामाजिक कार्यकर्ता विजय तामाङले टेलिफोनबाट जानकारी दिनुभयो । सामान्य बिरामी परेका अन्य आठ जनाको बोराङ स्वास्थ्य बिन्दुमा उपचार भइरहेको छ ।

आज बिहान ९ः३० बजेतिर मह खाएका उनीहरुमा बान्ता गर्ने, थरथर काम्ने र बेहोस हुने लक्षण देखिएको थियो । उनीहरु शनिबार रुविभ्याली गाउँपालिका वडा नं ४ र खनियाबास गाउँपालिका वडा नं १ को झार्लाङको बीचमा पर्ने भिरमा भिरमौरीको मह ल्याइएकामा गाउँका १३ जनाले सो मह खाएपछि १० जना बिरामी भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने