2026-08-30 08:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुत्केरी हुन नसकेकी स्वस्तिकाको हेलिकोप्टरबाट उद्दार

वैशाख २२, कालिकोट । शान्नित्रिवेणि गाँउपालिका डाँडाखेतमा सुत्केरी हुन नसकेर थलिएकी १८ वर्षीया स्वस्तिका वमलाई उपचारका हेलिकोप्टरबाट उद्धार गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहको पहलमा बमलाई उद्धार गरिएको हो ।

तीन दिनदेखि सुत्केरी व्यथा लागेकोले स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि नेपाली सेनाको हेलिकोप्टर सुर्खेत लगिएको शान्नी त्रिवेणी गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नेत्रबहादुर शाहीले बताए । ‘सुत्केरी व्यथा लागेको तीन दिनसम्म सुत्केरी हुन नसकेपछि थप उपचारका लागि सुर्खेत लगिएको छ,’ उनले भने, ‘बच्चाको टाउको पाठेघरमा अड्किएका कारणले यहाँ उनको सुत्केरी हुने सम्भावना निकै कम थियो ।’ प्रमुख सिंहले हेलिकप्टरमा लाग्ने खर्च प्रदेश सरकारले व्यहोर्ने प्रतिबद्धता समेत जनाए ।

३ दिन सम्म सुत्केरी हुन नसकेर हेलिकोप्टरमार्फत उद्धार गर्नु परेको आफन्तले बताएका छन् । कर्णालीका विकट जिल्लामा सुविधासम्पन्न स्वास्थ्य संस्था नहुँदा सुरक्षित प्रसुति अभावमा महिलाहरूले ज्यान गुमाउनुपर्ने अवस्था छ । यो समस्या अन्त्य गर्न कर्णाली सरकारले हेलिकोप्टर चार्टरको व्यवस्था गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने