2026-09-19 02:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शहिद परिवार समाज पर्वतको अध्यक्षमा शर्मा

जनक्रान्तिका महान शहिद परिवार समाज नेपाल पर्वत जिल्ला कार्यसमितिको अध्यक्षमा मनरुपा शर्मा विमला सर्वसम्मत चयन हुनुभएको छ । जनक्रान्तिका महान शहिद परिवार समाज नेपाल, राज्यद्धारा वेपत्ता योद्धा तथा परिवार समाज नेपाल पर्वतको भेला तथा संयुक्त प्रशिक्षणका अवसरमा सहभागि भेलाले शर्माको अध्यक्षतामा ११ कमिटि कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

जसको उपाध्यक्षमा टेक प्रसाद तिवारी, सचिव ज्ञानेन्द्र चापागाँई, सहसचिव सुमित्रा केसी, कोषाध्यक्ष ठाकुर प्रशाद शर्मा चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा लक्ष्मी गिरी, केशव आचार्य, पार्वती अधिकारी, विष्णु गौतमलाई चयन गरेको छ भने २ सदस्य पछि थप गरिने कमिटिले जनाएको छ । उक्त भेला तथा प्रशिक्षणलाई एमाओवादीका केन्द्रीबय सदस्य राजकाजी गुरुङले सम्वोधन गर्नुभएको थियो । उहाँले शहिदहरुकोे बलिादानीबाट अझ क्रान्तीकारी भएर अगाडी बढ्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

शहिद परिवार, वेवत्ता, घाईतेलाई राज्यबाट न्याय दिलाउन पार्टी अग्रसर हुने उहाँको भनाई थियो । त्यसैगरी कार्यक्रममा जनक्रान्तिका महान शहिद परिवार समाज नेपालका केन्द्रिय सदस्य एलपि बन्जारा, एमाओवादी जिल्ला अध्यक्ष कृष्ण पराजुली लगायतले वोल्नुभएको थियो । जनक्रान्तिका महान शहिद परिवजार समाजका अध्यक्ष मनरुपा शर्माको अध्यक्षतामा सम्पन्न भेला तथा प्रशिक्षण कार्यक्रममा स्वागत केशव आचार्यले र संचालन ज्ञानेन्द्र चापागाईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो