2026-09-19 02:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कालीगण्डकीमा जलयात्रा गर्न आउने पर्यटकको लर्को

kali-gandaki-river-rafting14पर्वत जलयात्रा (र्याफटिङ) को सिजन सुरु भएसँगै कालीगण्डकी नदीमा जलयात्राका लागि आउने पर्यटकको संख्या वृद्धि भएको छ । जलयात्राका लागि ख्याति कमाएको कालीगण्डकीमा पर्यटकको आगमन हुन थालेपछि व्यवसायीसमेत उत्साही भएका छन्।जाडो यामको समाप्तिसँगै फागुनको अन्तिम सातादेखिनै जलयात्राका लागि पर्यटक आउन थालेका हुन्।

छोटो र पारिवारिक जलयात्राका लागि ’फेमिली रिभर’को रुपमा चिनिएको कालीगण्डकी नदीमा आउने पर्यटकको घुइँचो लाग्न थालेको छ। लामो, समथर र कम बहाव भएकाले विदेशी नागरिक अन्य नदीभन्दा कालीगण्डकीलाई नै रोज्ने गर्दछन्।र्याफटिङका लागि कालीगण्डकी नदीमा अहिले विदेशी पर्यटकस“गै स्वेदशी पर्यटकको समेत आवागमन बढेको प्याडल नेपालका रिभर गाईड रविन गुरुङले  जानकारी दिए। कालीगण्डकी नदीमा अहिले दैनिक दुईदेखि १० समूहमा पर्यटक आउने गरेका छन्।

अन्य नदीको तुलनामा पर्यटकले यसलाई पहिलो रोजाइमा पार्दै आएकाले पनि पर्यटकको आगमन बढेको गुरुङले बताए। पोखरा हुँदै अन्नपूर्ण पदमार्गमा पदयात्रा र कालीगण्डकीको जलयात्रालाई प्याकेज बनाउने पर्यटक बढ्दै गएको व्यवसायी बताउँछन्।     गत वर्ष भूकम्पका कारण वैशाख १२ पछि रोकिएको जलयात्रा यसपटक भने उत्साहजनक रूपमा बढेको व्यवसायी बताउँछन् । यद्यपि पर्वतमा तथ्यांक संकलन गर्ने कुनै निकाय नहुँदा यस वर्ष के कति आन्तरिक तथा बाह्य पर्यटकले र्या्फ्टिङ गरे भन्ने यकिन नभएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। पर्वतको कुश्मा नगरपालिका(२ स्थित नयाँ पुल तथा मालढुंगाबाट सुरु हुने र्या्फ्टिङ स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ’ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुंगिन्छ।

तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रुपमा रहेको छ। कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन्। लामो, समथर र कम बहाव भएकाले विदेशी नागरिक अन्य नदीभन्दा कालीगण्डकीलाई नै रोज्ने गर्दछन्। यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन् भने अस्टे«लिया, युरोपियन मुलुक र अमेरिकी पर्यटकको रोजाइमा पनि कालीगण्डकी नदी पर्दै आएको छ। विदेशमा समेत जलयात्रा गर्दै आएका पर्यटक नेपालको जलयात्रा अन्यत्रको भन्दा अत्यन्त रोमाञ्चक हुने गरेको अनुभव सुनाउँछन्। का

लीगण्डकीको जलयात्रा विश्वका अन्य नदीमा भन्दा रोमाञ्चक हुने गरेको उनीहरुको भनाइ छ। अमेरिका र अस्ट्रेलियमालगायतका नदीमा हुने जलयात्राभन्दा कालीगण्डकीमा नयाँ खालको अनुभव भएकाले पर्यटकको आकर्षण बन्न पुगेको हो। पर्वतमा जलयात्राको लागि काम गर्ने कुनै निकाय नभएकाले छिमेकी सहर पोखराबाट विभिन्न पर्यटन व्यवसायीको सहयोगमा पर्यटक र्या्फ्टिङका लागि कालीगण्डकी नदीमा आउने गर्दछन्।कालीगण्डकीमा जलयात्राका लागि गन्तव्यस्थल बनाउनका लागि केही पूर्वाधारको व्यवस्था गर्नसमेत पर्यटन व्यवसायीको आग्रह छ।

नदीमाथिका संरचना बिगार्ने, जलयात्रा सुरु हुने ठाउँमा पर्खाल लगाउने, जथाभावी बालुवा निकाल्ने कामले जलयात्रा सञ्चालन असहज हुने गरेको पर्यटक गाइड गणेश पुन बताउँछन्। कालीगण्डकी(मोदीवेणी खण्डमा पहिलो दिनको यात्रा बनाएर जाने साथै दोस्रो दिनमा पर्वतकै बर्राचौर गाविसको पूर्तिघाट नजिक बस्ने र तेस्रो दिनमा मिर्मी हुँदै पोखरा जाने गरी पर्यटकले यात्रा तय गर्ने गरेका छन्। यात्राको क्रममा बस्ने ठाउँमा भौतिक संरचनाको विकास गर्न र शिवालय गाविसको आर्मादी नजिकै खोलाको बीचमा रहेका ठूला ढुंगा नहटाउँदा समस्या आउने गरेकाले हटाइ दिनका लागि व्यवसायीको आग्रह छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो