२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

जमीन चक्लाबन्दी गरी सामूहिक खेती गरिँदै

२०७६, २५ बैशाख बुधबार ०८:४३

कृष्ण दवाडी | बैशाख २५, कास्की | जिल्लाको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका  किसानले स–साना टुक्रामा विभाजित जग्गालाई एउटै प्लट बनाएर खेतीपाती शुरु गरेका छन् । घाचोकस्थित सिरानखेतका २२ कृषकले आफ्नो जमीनलाई मिसाएर सामूहिक खेती गर्न शुरु गरेका हुन् । 

यहाँका किसानले नौ आना देखि सात रोपनीसम्मको जग्गा एकीकरण गरेर सामूहिक खेती गरी प्रदेशमै नमूना बन्ने अठोट लिएका छन् । प्रदेश सरकारले जग्गा चक्लाबन्दीलाई प्रोत्साहन गर्ने र चक्लाबन्दी गरिएको जमीनमा सिँचाइ, प्रविधि तथा उन्नत बीउबीजनका लागि सहयोग गर्ने नीति लिएपछि किसान यस तर्फ थप आकर्षित भएका बताइएको छ । 

किसानले भूमे सिर्जनशील किसान समूह गठन गरी जग्गा मिसाएर समूहका माध्यमबाट ५१ रोपनीको प्लटमा यस वर्षको पहिलो बालीको रुपमा धान रोपेर सामूहीक खेतीको थालनी गर्ने भएका हुन् । स्थानीय विष्णु पोखरेलको चार रोपनी, अर्जुन पोखरेलको डेढ रोपनी कूलप्रसादको तीन रोपनी, मोतीलाल पोखरेलको तीन रोपनी चार आना, रेवतीरमणको पोखरेलको तीन रोपनी १२ आना, सरस्वती पौडेलको नौ आना, हरिदत्त पोखरेलको दुई रोपनी सात आना, राजाराम पौडेल दुई रोपनी ११ आना, गोविन्द दवाडी एक रोपनी १४ आना तथा हरि पोखरेलको दुई रोपनी जग्गा सामूहिक खेतीको लागि चक्लाबन्दी गरिएको छ ।

 त्यस्तै प्रेमलाल पोखरेलको छ रोपनी, विश्वमोहनको एक रोपनी चार आना, बसुन्धरा पोखरेलको एक रोपनी सात आना, महेश्वर पोखरेलको एक रोपनी १० आना, थानकुमारी पोखरेलको चार रोपनी, गोविन्द पोखरेलको दुई रोपनी १० आना, पूर्णबहादुर मगरको दुई रोपनी १० आना र गोविन्द पोखरेलको सात रोपनी जमीन मिसाएर ५१ रोपनीको प्लट बनाइएको किसान समूहका अध्यक्ष मोतीलाल पोखरेलले बताए । 

एकीकरण गरिएको ५१ रोपनी जग्गालाई पाँच प्लटमा विभाजन गरी प्लटसम्म पुग्नका लागि बाटो तथा सिँचाइको व्यवस्था गरिएको पोखरेलले बताए । यसअघि साना÷साना जग्गामा ट्याक्टर लैजान पनि नमिल्ने, खनजोतका लागि पनि परम्परागत गोरुमै निर्भर रहनुपर्ने बाध्यता हटेको उनको भनाइ छ । सो जमीनमा वर्षमा कम्तीमा पनि तीन खेती लगाउने सोच किसानको छ । 

‘हामी जेठमा वर्खे धान रोप्छौँ धान काटेपछि कात्तिक मङ्सिरमा तोरी वा गहुँ लगाउँछौ अनि फागुनमा चैते धान रोपेर तीन खेती गर्ने योजना बनाएका छौँ’,  किसान समूहका सचिव गोविन्द पोखरेलले भने । सामूहिक रुपमा खेती गर्दा उत्पादन वृद्धि हुने, मल बीउको सदुपयोग हुने, खेती गर्न लागत कम लाग्ने र किसानको आयमा वृद्धि हुने विश्वास उनीहरुको छ । 

चक्लाबन्दी गरिएको जमीनमा खेती गर्न आवश्यक सम्पूर्ण लगानी तथा व्यवस्थापनको कार्य समूहको हुनेछ भने खेतमा काम गर्न समय दिन नभ्याउनेले उत्पादन लागत बेर्होनुपर्नेछ । उत्पादित खाद्यान्नलाई  जग्गाको हिस्सा अनुसार सदस्यलाई वितरण गरिनेछ । चक्लाबन्दीस्थलको नापी नक्सा सङ्कलन र नयाँ नापी गरी आधार नक्सा तयार गर्ने, आधार नक्सामा योजनाको रुपरेखा तयार गरी ब्लकको डिजाइन, प्रत्येक ब्लकमा सिँचाइ, निकास बाटो र बिजुलीको व्यवस्थाका लागि पनि सरकारले सहयोग गरेपछि जग्गा चक्लाबन्दी गर्न किसान हौसिएका हुन् । 

जग्गाको एकीकरण मार्फत ठूलो भू–भागमा खेती गर्न प्रदेशमा जग्गा चक्लाबन्दीको कार्यक्रम शुरु गरिएको र कृषियोग्य जमीनमा उत्पादन र उत्पादकत्व वृद्धि गरी तीन वर्षभित्रमा प्रदेशलाई खाद्यान्नमा आत्मर्निभर बनाउने योजनामा कार्यक्रमबाट सहयोग पुग्ने भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले बताए । 

उनले भने, ‘छरिएर रहेका जमीनलाई एकीकृत गरी टुक्रे उत्पादनको प्रवृत्तिलाई अन्त्य गरी चक्लाबन्दीको माध्यमबाट उत्पादन वृद्धि गर्ने योजना हो, यसबाट सरकारले लिएको लक्ष्य पूरा गर्न मद्दत मिल्दछ ।’ चक्लाबन्दी गरिएको जग्गामा कम्तीमा पाँच वर्ष प्लटिङ, आवास तथा उद्योगका लागि प्लानिङ गर्न नदिइने, खेतीयोग्य जमीनको अन्य प्रयोजनका लागि अतिक्रण हुन नदिइ जर्गेना गर्ने, जग्गा बाँझो राख्ने र खण्डीकरण रोक्ने, खेती प्रणालीलाई रुपान्तरण र विस्तार गरी रोजगारीका अवसर सिर्जना गर्ने कार्यक्रमको उद्देश्य रहेको मन्त्रालयका भूमि स्रोत नक्साङ्कन महाशाखा प्रमुख गङ्गालाल पोखरेलले बताए । 

चक्लाबन्दीमा छनोट भएका सहकारी तथा समूहलाई आवश्यक यन्त्र, उपकरण र मलबीउ खरिदका लागि मन्त्रालयले अनुदान उपलव्ध गराउने र सो प्रयोजनका लागि चालू वर्षमा रु ५० लाख बजेट विनियोजन गरिएको पोखरेलको भनाइ छ । उनका अनुसार यसवर्ष घाचोकसँगै कयरबारी पञ्चासे कृषि सहकारी संस्था र पञ्चासे पोखरा बहुउद्धेश्शीय प्रालि पोखरा–२३ र वालिङ नगरपालिका–१ स्थित सागरदेवी किसान समूहले पनि चक्लाबन्दीका माध्यमबाट खेती गर्न शुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै