2026-08-30 08:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सांसदको कोठाबाटै ५४ हजार रुपैयाँ चोरी

बैशाख २५, सुर्खेत । कर्णाली  प्रदेश सभा सांसद कुर्मराज शाहीको कोठाबाट रुपैयाँ चोरी भएको छ । मंगलबार दिउँसो २ बजे कर्णाली प्रदेशसभा सदस्य कुर्मराज शाहीको खजुरास्थित कोठाबाट ५४ हजार रुपैयाँ चोरी भएको हो । योजनाको विषयमा मन्त्रालय गएका बेला कोठाबाट रुपैयाँ चोरी भएको शाहीले बताए । ‘दिउँसो करिब २ बजेतिर हो’ उनले भने, ‘कोठाको तालाफोडेर दराजभित्रको रुपैयाँ चारी भएको छ ।’ कोठामा लगाएको ताला सरियाले फोडेको उनले बताए ।

कोठामा भएका अरु सबै सामानहरु केही नचलाएर रुपैयाँ मात्र चारी भएको सांसद शाहीले बताए । घरमा कोही नभएको मौका पारी पैसा चोरिएको उनको भनाई छ । सांसद शाही वीरेन्द्रनगरको खजुरास्थित सिम्ताली चोक नजिकै भाडामा बस्दै आएका छन् । उनी कालिकोटबाट निर्वाचित सांसद हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने चोरी गर्नेको खोजी भइरहेको जनाएको छ । ‘घटना हुँदा बित्तिकै हामी त्यहाँ पुगेका थियौँ,’ जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रदीप क्षेत्रीले भने, ‘हामीले गम्भीर रुपमा लिएका छौं । अहिलेसम्म पत्ता लागेको छैन । खोज्ने काम भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने