2026-08-30 08:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कांग्रेसको जागरण अभियान सुरु

बैशाख २५, सुर्खेत। नेपाली काँग्रेसका कोषाध्यक्ष सीतादेवी यादवले नेकपाको वर्तमान सरकारले दुई तिहाइको दम्भ देखाएर मुलुकलाई बर्बादीतर्फ धकेलिरहेको बताएकी छन् । पार्टीको सञ्चालन गरेको जागरण अभियान बुधबार सुर्खेतमा सुभारम्भ गर्दै कोषाध्यक्ष यादवले पार्टीको सांगठनिक सुदृढीकरण र वर्तमान सरकारले कर्तुतबारे नागरिकलाई सचेत गराउने अभियानमा पार्टी लागेको बताईन् । ‘वर्तमान सरकार दुई तिहाइको दम्भमा नागरिकका अधिकारहरु कण्ठित गर्न खोजीरहेको छ’ उनले भनिन्, ‘यसले मुलुकलाई समृद्धितर्फ होइन बर्बादीतर्फ धकेलिरहेको छ ।’

काँगे्रसले नागरिक अधिकार स्थापित गराउन सात दशक लामो लडाइँ लडेको चर्चा गर्दै कोषाध्यक्ष यादवले इतिहास मेटाउने कुचेष्टा नगर्न वर्तमान सरकारलाई चुनौती दिईन् । ‘मुलुकको स्वाधिनता, नागरिक अधिकार र लोकतन्त्र स्थापनाको लागि पटक–पटक आन्दोलनको नेतृत्व गरेको कुरा सम्झाउनु पर्दैन होला’ उनले भनिन्, ‘नागरिक अधिकार हन््न गरेर मुलुक कब्जा गर्ने सपना वर्तमान सरकारले नदेखे हुन्छ ।’ काँग्रेसको ईतिहास मेटाउने कम्युनिष्टले नसक्ने उनले बताईन् ।

सरकारले मुलुकमा शान्ति सुरक्षा कायम गर्न नसकेको र भ्रष्टाचार न्युनिकरणमा ध्यान नदिएको उनको भनाई छ । पार्टीभित्रको आन्तरिक विभाजनले पार्टीलाई कमजोर बनाउने र यसको फाइदा विपक्षीले लिने भन्दै पार्टीको गुटबन्दी अन्त्य गरी काँग्रेस नेतृत्व अगाडि बढ्नु पर्ने उनको भनाई छ । पार्टीको एकताले काँग्रेसलाई फेरी पनि मुलुकको ठुलो पार्टी बनाउन सकिने उनको भनाई छ । प्रधानमन्त्रीले मंगलबार संघीय संसदमा दिएको अभिव्यक्ति सम्मानित सदन र संसदीय मर्यादा विपरित रहेको उनले बताईन् ।

अभियान उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सभा नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पार्टीलाई पुनर्ताजकी गर्न र वर्तमान सरकारका नागरिक अधिकारविरुद्धका क्रियाकलापबारे जनतालाई जानकारी दिन राष्ट्रिय जागरण अभियान थालिएको बताए । ‘हाम्रो अभियानको उद्देश्य पार्टीलाई पुनर्ताजगी गर्नु हो’ उनले भने, ‘वर्तमान सरकारले झै विपक्षीलाई गाली गर्नुका लागि हाम्रो उद्देश्य होइन ।’ गाउँ–गाउँसम्ममा पुगेर जनताका समस्या, गुनासा, र अपेक्षाहरु समेट्न जागरण अभियान थालिएको उनले बताए । नेता शाहीले कांग्रेसले गरेका राम्रा कार्यहरु जनतासम्म पु¥याउने, कम्युनिष्ट सरकारका नराम्रा कार्यहरुको पर्दाफास गर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, क्षेत्र नम्बर २ का सभापति नारायण कोइरालालगायतका वक्ताहरुले पार्टीको जागरण अभियानको उद्देश्यले यसबाट पार्टीको संगठन सुधारका सफल हुने विश्वास गरेका छन् । नेपाली काँग्रेस सुर्खेतले जिल्लाका ९ वटै स्थानीय तहमा कार्यक्रम गर्ने गरी योजना बनाएको छ । बैशाख २९ गते सिम्ता गाउँपालिकाको राकम, ३० गते गुर्भाकोट नगरपालिकाको मेहेलकुना र जेठ २ गते भेरीगंगा नगरपालिकाको  छिन्चुमा जागरण अभियान अन्तर्गत सभा आयोजना गरिने नेपाली काँग्रेसले जनाएको छ ।

यस्तै लेकबेशि नगरपालिकाको कल्याणमा  जेठ ३ गते, चिङ्गाडको  अवचिङमा जेठ ६ गते, चौकुनेको गुटुमा ९ गते, पन्चपुरीको बावियाचौमा १० गर्ने निर्णय गरेको छ । बराहतालको बड्डिचौरमा जेठ २० गते कार्यक्रम हुने छ भने बीरेन्द्रनगरमा भने कहिले गर्ने भन्ने विषयमा छलफल भईरहेको कांग्रेस जिल्ला कार्यसमितिका सभापति कमलराज रेग्मीले जानकारी दिए । २५ गते पुनः पार्टी कार्यलयमा कार्यक्रम गरेर पहिलो चरणको जागरण अभियान समापन गरिने सभापती रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने