2026-07-02 01:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कालीगण्डकीको चित्कार

mahendra kc– महेन्द्र केसी

पटकपटक बलत्कारको रक्तपातमा चित्कारको आवाजले पुकारी रहेको कालीगण्डकी नदीले बर्षोदेखि न्यायको माग गरीरहेकी छन् । धार्मिक तथा पर्यटकीय नदीका रुपमा चिनिने कालीगण्डकी नदी हिजो आज शोषकको हातमा परेको छ पटकपटक बलत्कार भएको छ । चित्कार गरीरहेको छ तर पनि न्यायको मुख अझै देख्न पाएको छैन । कुश्मा नगरपालिकाले बजारको फोहोर कालीगण्डकीमा विर्सजन गरी कालीको पवित्रताको बस्त्र उतारिदिएको छ, जिल्लामा रहेका क्रसर उद्योगीहरु कालीको दिन दुइ र रात चार गुणाका दरले उसको पवित्रताको इज्जतमाथि ठूलाठूला एक्जाभेटर चलाएर बलत्कार गरीरहेको छ भने टिप्पर, ट्रक कालीको रक्क्तपात छातिमाथि विना संकोच गुडिरहेका छन् ।

हिजो आज कालोको त्यो चित्कार पनि सुनिन छाडेको छ सायद उसको आवाज भित्रभित्र कतै हराइरहेको छ । न्यायका मुत्र्तिका रुपमा रहेका सारोकारवाला निकाय जिल्ला विकास समिति आफ्नो स्वार्थ पुरा गर्नको लागि र कालीको अस्मीता लुट्नको लागि तल्लीन भएको छ। कालीको पटकपटक बलत्कार गर्नको लागि अनुमति दिइरहेको छ अनि पैसा लिएर आफु् मोजमस्तीको दिन विताइरहेको छ। विचरा काली त्यो रक्तपातको कुण्ठबाट बाहिर निस्कने कोसिस गरीरहेकी छिन् । सुस्केरा हालिरहेकी छिन् ।

तर अपसोच कालीको चित्कार कसैले सुनेको छैन । सारा निधाएर बसेका छन् । उ माथिको त्यो शोषण हेरिरहेका छन् । सायद उ एक नारी हुन्थ्यी भने, सायद ऊ कसैकी चेली, आफन्त वा नातेदार हुन्थी भने, सायद उ कुनै पाटीको कार्यकर्ता हुन्थी भने यतिबेला सम्म उसको लागि न्यायको खोजिक गर्ने मान्छे हुन्थे होला, पार्टीका  कार्यकर्ता नेता सडकमा आफ्नो झण्डा लिएर कालीको चित्कारको सुनुवाईको माग गर्दै सडकमा उत्रिन्थे होला तर उसको व्यथा सुन्ने मान्छे यतिबेला कोहि भेटिएको छैन । उसको चित्कार सुन्नेहरु पनि नसुनेको जसरी कानमा तेल हालेर कुम्भकर्णको निद्रामा लिन भएका छन् । उसको बेदनालाई आफ्नो कमाईको भाँडो बनाइरहेका छन् ।

यदि काली तिम्री आमा, छोरी, दिदीबहिनी, भान्जी, नातिनी, फुपु, श्रीमती भैदिएको भए के उनीहरुलाई पनि यसरीनै निसंकोच बलत्कार गथ्यो ?  के उनीहरु माथि भएको बलत्कारको यसरीनै दर्शक बनेर हेरेर बसिरहन्थ्यो ? के उनीको पनि इज्जत लिलाम गरे पैसा कमाउने सपना सजाएर बस्थ्यो ?

अरुलाई प्रश्रप पीडामा पारेर आफ्नो स्वार्थ लिनेहरु आज उसको अस्मीतामाथि पटक पटक हात हालीरहेका छन् उसलाई पटक पटक मुर्छित पारिरहेका छन् । रक्तश्रापमा वेहोसी अबस्थामा रहेकी कालीको पीडा बुझ्ने कसैले  प्रयास गरेको छैन जसका कारण काली आज न्यायको भिख मागिरहेकी छे । हे मानव हो किन यति साह्ै कालीमाथि अत्यचार गरीरहेका छौं ।

यदि काली तिम्री आमा, छोरी, दिदीबहिनी, भान्जी, नातिनी, फुपु, श्रीमती भैदिएको भए के उनीहरुलाई पनि यसरीनै निसंकोच बलत्कार गथ्यो ?  के उनीहरु माथि भएको बलत्कारको यसरीनै दर्शक बनेर हेरेर बसिरहन्थ्यो ? के उनीको पनि इज्जत लिलाम गरे पैसा कमाउने सपना सजाएर बस्थ्यो ? मानव भएर किन यसरी दानबीय व्यवहार गरीरहेका छौ कालीमाथि के उसको पीडामा तिमीहरुलाई कुनै हिनताको महसुस भएको छैन । के कालीमाथिको त्यो प्रहारबाट तिमीहरु आफुलाई शक्तिशाली ठानिरहेका छौं । उसको त्यो चित्कार अनि उसको त्यो छातीमाथि गाडी कुदाउँदा आफुलाई बाहदुर ठानिरहेका छौं ? कि उसको अस्मीतामाथि खेलेर पैसा  कमाएकोमा आफुलाई ठूलो भएको महसुस गरीरहेका छौं ।

kalaigandaiki chitkar

अति गर अत्यचार नगर एक दिन तिमीहरुको पापले सिमा रेखा पार गर्नेछ काली आफ्नो भगवान् कालीको ताण्डप नृत्य लिएर तिमीहरुको पापको बदला लिनको लागि रौद्ररुप धारण गरी आउने छिन् । तब तिमीहरुको अन्त्यको त्यो दिन हुनेछ । जसरी तिमीहरुले आज कालीको अस्मीतालाई आफ्नो मागि खाने भाँडो बनाएका छौं , जसरी आज कालीको अस्मीतालाई आज पैसासँग साटीरहेका छौं अनि उसको इज्जतलाई नङग्याउन तल्लीन भएका छौं त्यसको बदला लिनको लागि जब काली स्वयम भुकम्प, बाढी, पहिरो, तुफानको रुप लिएर तिम्रो घर आउनेछिन अनि तिमीहरुको सर्वनाश गर्नेछिन् ।

त्यो दिन तिमीहरुले महशुस गर्नेछौं कालीमाथि कति अत्यचार र पीडा दिएका रहेछौं भनेर, त्यो दिन तिमीहरुले गुहार माग्दा पनि सुन्ने कोही हुनेछैन । त्यो दिन तिमीहरु आफुले  कालीमाथि अत्यचार गरी कमाएको कमाइको भन्दा पनि कालीमाथि आफ्नो जिवनको भिख माग्ने छौं तर त्यो क्षण तिम्रो लागि अन्तिम भएको हुनेछ ।

अझै पनि तिमीहरुलाई सुध्रिने मौका छ, अझैपनि समय छ उसको जीवनमाथि खेल्ने काम बन्द गर उमाथिको अत्यचारको अन्त्य गर अनि उमाथि क्षमा माग उसको संरक्षणमा लाग, अन्यथा उमाथि भएको पटकपटको अस्मीतामाथिको प्रहारको को बदला लिन काली एक दिन अबस्थ तिमीहरुको काल बनेर आउने छिन् । याद गर त्यो दिन तिमीहरुको जीवनको अन्तीम दिन हुनेछ । विचार गर ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध