2026-09-19 02:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

क्लबले गर्यो जेष्ठ नागरिकलाई सम्मान

पर्वत समाजका जेष्ठ नागरिकलाई सम्मान गर्दै सामाजिक क्षेत्रमा अग्रणी मानिएको पर्वत मिलन क्लवले आफ्नो वार्षिकोत्सव मनाएको छ । नेपाली समाज विस्तारै पूँजीवादी चरणमा रुपान्तरण हुँदै जाँदा वृद्धवृद्धा परिवारबाट एक्लिदै गएको अवस्थामा क्लवले जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरेर उदाहरणीय कार्य गरेको छ ।

क्लवले आफ्नो २७ औं वार्षिकोत्सव मनाउने शिलशिलामा मंगलवार अन्य सामाजिक गतिविधि सहित जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरेको थियो । यसरी सम्मानित हुने जेष्ठ नागरिकहरुमा कुनपा १० बस्ने वर्ष ९८ की कृष्ण कुमारी गिरी र कुनपा ९ की लक्ष्मी कुमारी श्रेष्ठ वर्ष १११ रहेका छन् ।

जेष्ठ नागरिकहरुको सम्मानमा क्लवले उनीहरुकै घरमा पुगेर कार्यक्रमको आयोजना गरी सम्मान पत्र प्रदान गरेको थियो । सम्मानित भएका जेष्ठ नागरिकहरु हर्षित मात्र भएनन् । उनीहरुले क्लवको सदस्यहरुलाई तिमीहरुको उन्नती र प्रगति होस् भनी आर्शीवाद समेत दिए । क्लवले आयोजना गरेको फरक फरक कार्यक्रममा प्रमुख अतिथि उवासंघ पर्वतका अध्यक्ष हरि ओमशर्मा लामिछाने र खेलकुद विकास समितिका अध्यक्ष प्रेम गुरुङ रहेका थिए ।

कार्यक्रममा बोल्दै उवासंघ अध्यक्ष हरिओम शर्मा लामिछानेले जेष्ठ नागरिकको सम्मानले हामी सवैको सम्मान हुने बताए भने उनले क्लवले पुराएको सामाजिक योगदानको खुलेर प्रशंसा समेत गरे । कार्यक्रमकै अध्यक्ष प्रेम गुरुङले क्लवको निस्वार्थ सामाजिक सेवाबाट आफू प्रभावित भएको उल्लेख गरे । उनले क्लवले आफ्नो कर्मलाई निरन्तरता दिनुपर्ने भनाई समेत राखे । सम्मानित जेष्ठ नागरिकको परिवारका सदस्य राम गिरीले क्लवको सम्मान कार्यले आफूलाई खुशी मिलेको बताए । उनले समाजमा कतिपय छोराछोरीले आफ्नै बाबुआमाले पाएको वृद्धभत्ता समेत आफ्नो गोजीमा राख्ने र हेला गर्ने अवस्था रहेकोमा क्लवले गरेको सम्मान कार्यक्रमले राम्रो सन्देश पुराउने भनाई राखे ।

कार्यक्रममा क्लवका पुर्व अध्यक्ष, सदस्यहरु सहित कार्यसमिति सदस्यहरुको सहभागीता थियो । क्लवका अध्यक्ष लक्ष्मण श्रेष्ठको अध्यक्षतामा सम्पन्न दुवै कार्यक्रमको संचालन सचिव विनोद विक्रम पोखेलले गरेका थिए भने एक कार्यक्रममा स्वागत मन्तव्य सदस्य यज्ञप्रसाद शर्मा र दोस्रो सम्मान कार्यक्रममा स्वागत टंक लामिछानेले गरेका थिए । क्लवले वार्षिकोत्सवको अवसरमा साँझ दीप प्रज्जवलन समेत गरेको सचिव विनोद विक्रम पोख्रेलले जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो