2026-07-02 01:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पानी देऊ इन्द्र

लामो समयसम्म पानी नपर्दा खेतीपाती गर्नको लागि समस्या भएको र लगाएको खेती पनि खडेरीले सुक्न थालेपछि  पछिल्लो समयमा ठाउँठाउँमा इन्द्रको पुजा गरी कृषकहरुले पानी माग्न थालेका छन् । यसैविच कुश्मा नगरपालिका ११ खरेहामा अखण्ड भजन कृतनको आयोजना गरी स्थानियले पानीको माग गरेका छन् ।

कुश्मा नगरपालिका ११  स्थित  भडखोरे सामुदायीक वन  ,ग्रामीण आमा समुह र  खरेया भजन मण्डलीको संयुक्त आयोजनामा कृतनको आयोजना गरिएको  छ । २४ घण्टा सम्म सञ्चालनमा रहने भजन वर्षाका देवता वरुण , ईन्द्र र महादेशको पुजा आरधना गरेर  प्रारम्भ गरीएको हो ।

कार्यक्रममा प्रमुख तथा  विश्व हिन्दु महासंघका  जिल्ला अध्यक्ष लोक नाथ आचार्यले  हिन्दु धर्मका अनुयायीहरुले पछिल्ला वर्षहरुमा धर्मको पालना नगर्दा मुलुकमा अतिवृष्टि र अनावृष्टि लागायतका विपद आउन थालेको बताउँदै  धर्म  र धार्मीक आस्था स्थापना गर्न अखण्ड भजनको आयोजना गरिएको बताए । मंगलबार विहान ८ वजे बाट शुरु भएको अखण्ड कृतन बुधबार सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध