<p>वैशाख २९, कास्की | आइतबार फेवातालमा समुद्री किनारमा झैँ डरलाग्दो छाल आएको छ । कास्की प्रहरीले दिएको जानकारीका अनुसार तालमा आएको छालले छेउछाउमा राखिएका डुङ्गाहरु समेत डुबेका थिए । <br></p><p>ताल माथिबाट चलेको चर्को हावाहुरीले फेवातालमा डर लाग्दो छाल उत्पन्न भएको र उक्त छालको प्रभावले ताल किनारमा पार्किङ गरी राखिएका ४० भन्दा बढी डुंगा डुबेको थियो । </p><p>जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाको अनुसार छालबाट मानवीय क्षति भने भएको छैन । तालबाराही मन्दिर दर्शन गर्न पुगेका पर्यटकहरु भने हावाहुरीले छाल उत्पन्न गराएपछि एक घण्टासम्म मन्दिरमै रोकिएका थिए । </p>
May 12, 2019
कास्की - KSK, समाज
फेवातालमा किन आयो डरलाग्दो छाल ? ४० भन्दा बढी डुंगा डुबे
By साझासवाल
2 मिनेट पढाइ










