2026-07-25 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अदालत पुग्दैनन् बहुविवाह पीडित

पर्वत- राम्जा देउरालीकी खगेश्वरी केसीका ५ छोराछोरी छन्। आठ वर्षअघिसम्म निकै माया गर्ने श्रीमानले दोस्रो विवाह गरेर तिरस्कार गर्न थालेपछि अहिले उनी न्याय खोज्दै गाउँमा भौंतारिएकी छन्। उनी अदालत भने पुगेकी छैनन्।
‘अदालतमा मुद्दा दिँदा थप समस्या निम्तिने त होइन भनेर त्यहाँ जान सकेकी छैन, अन्य सबै ठाउँ पुगिसकें’ सामुदायिक विद्यालयका शिक्षककी पत्नी उनले भनिन्, ‘मुद्दा हाल्दा श्रीमानको जागिरसमेत जाने भएकाले अदालत नगएकी हुँ।’ आजको नागरीकमा खबर छ

प्रावि द्वितीय श्रेणीका उनका श्रीमानले कान्छी पत्नी भिœयाएसँगै आफूलाई यातना दिन थालेको खगेश्वरीले बताइन्। ‘धेरै यातना पाएपछि प्रहरीसम्म पुगें तर तीन मुरी धान र २५ पाथी कोदो फल्ने जमिन पाएकी छु,’ उनले भनिन्, ‘अरु केही पाएकी छैन।’ उनले श्रीमानले उपलब्ध गराएको जमिनले ६ जना छोराछोरी र आफूलाई बिहानबेलुका खान नपुग्ने बताइन्। ‘कम्तीमा छोराछोरीले बाबुबाट पाउनुपर्ने माया र राम्रोसँग पढ्न पाउने वातावरण भए हुन्थ्यो,’ न्याय खोज्दै सदरमुकाम आएकी उनले भनिन्, ‘आठ वर्ष भयो, मैले न्याय कहिले पाउने?’

कुश्मा नगरपालिका, पाङकी अमृता चदाराले पनि विवाह गरेको दुई दशक पुग्यो तर उनले १६ वर्षदेखि पतिको माया पाउन सकेकी छैनन्। अमृतालाई विवाह गरेपछि घरमा कान्छी पत्नी भिœयाएका श्रीमानले उनलाई दैनिक यातना दिन्छन्। उनले भनिन्, ‘आठ वर्षकी छोरी छ, न्याय खोज्न जाने प्रयास गर्दा श्रीमानले धम्की दिन्छन्, अब मैले कसरी न्याय पाउने?’

कुश्मा नगरपालिका, दुर्लुङकी अनु थापा पनि बहुविवाहको पीडामा छिन्। ‘सन्तान नजन्माएको निहँुमा श्रीमानले अर्को विवाह गरेर मलाई बेवास्ता गरेका छन्’ अनुले भनिन्, ‘गाडी चलाउँदै आएका श्रीमान विवाह गरेर बेपत्ता भएपछि म बिचल्लीमा छु।’

अनुका अनुसार उनका श्रीमान फागुन १० देखि दोस्रो विवाह गरेर सम्पर्कविहीन भएका हुन्। श्रीमान फर्केर आउने र आफ्नो गुमेको माया फर्काउने आशामा अदालत जान नसकेको उनले बताइन्।

भगराकी मीना नेपाली पनि श्रीमानले अर्कै युवतीसँग चक्कर चलाएपछि एक्लिएकी छिन्। तीन छोराछोरीकी आमा उनले मलेसिया पुगेका श्रीमानले उतै अर्को विवाह गरेको बताइन्। ‘कतै माया फर्काइ पो हाल्छन् कि भनेर अदालत पुगेकी छैन,’ उनले भनिन्, ‘धैर्य पनि कति दिनसम्म गर्न सकिएला र।’

खगेश्वरी, अमृता, अनु, र मीना त बहुविवाहबाट पीडित प्रतिनिधि पात्रमात्रै हुन्। यस्तै पीडा बेहोरिरहेका जिल्लाका ३० जति महिला न्याय खोज्न गाउँमा भौंतारिए पनि अदालत पुग्न भने सकेका छैनन्। बहुविवाह गर्नेलाई तीन वर्ष कैद र २५ हजार रुपैयाँसम्म मात्रै जरिवाना हुने भएका कारण उनीहरू अदालत जान नचाहेको पाइएको छ। तीन वर्षपछि कैदमुक्त भएर पतिले थप पीडा दिने भय उनीहरूमा देखिन्छ।

‘बहुविवाहमा मुद्दा हाले पनि जेठी श्रीमतीलाई उचित क्षतिपूर्ति व्यवस्था कानुनमा नभएका कारण पीडित महिला अदालत धाउँदा थप पीडा भोग्नुपर्ने सोच्न पुग्छन,’ जिल्ला न्यायाधिवक्ता कृष्णराज पन्तले भने, ‘त्यसैले पनि महिला अदालत पुग्न नसकेका हुन्।’

पर्वत जिल्ला अदालत, बार इकाइ अध्यक्ष विश्वराज पाण्डेयले भने, तीन वर्षयता पर्वत अदालतमा एउटा पनि बहुविवाहको घटना दर्ता भएको छैन,’ उनले भने, ‘राज्यले अपराध माने पनि बहुविवाह बदर नहुँदा अदालतमा बहुविवाहका मुद्दा नपरेको हुनसक्छ।’ जिल्ला प्रहरी कार्यालयमा १८ वटा बहुविवाहका उजुरी आएका छन्। तर पीडितले अदालत जान अस्वीकार गर्ने गरेको जिल्ला प्रहरी प्रमुख गंगा पन्तले बताइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक