2026-09-19 02:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

खडेरीका कारण पर्वतमा २३ करोडको क्षति

पर्वत, लामो समयदेखिको खडेरीका कारण पर्वतमा २३ करोड बढीको क्षति पुगेको छ । जिल्लाका कृषकले लगाएको बालीनाली र लगाउन नपाएको बालीनालीको उत्पादनको अवस्थालाई मध्यनजर गर्दै २३ करोड बढीको क्षति भएको जिल्ला कृषि विकास कार्यालय पर्वतले प्रक्षेपण गरेको छ । मकै बाली लगाउन नपाएको, अधिकांश गाविसमा लगाएको पनि ओइलिएर मरेको छ । व्यावसायिक तरकारी खेती खडेरीका कारण नष्ट भएको छ । जिल्लाको मुख्य उत्पादन बर्खे धान र कोदोको बीऊसमेत राख्न नपाएपछि जिल्लाको समग्र उत्पादनमा ठूलो क्षति भएको कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए ।आजको कारोबार दैनिकमा खबर छ
खडेरीले जिल्लाभर पु¥याएको क्षतिको विवरण संकलन गरी २३ करोड बढीको विवरण मन्त्रालयमा सिफारिस गरिएको रेग्मीले बताए । रेग्मीका अनुसार जिल्लाको पातीचौर र मिलनचोक क्षेत्रबाहेक सबै ठाउँमा खडेरीले असर पारेको छ । कतिपय ठाउँमा बालीनाली नै लगाउन पाएका छैनन् भने कतिपय ठाउँमा लगाएको बालीनाली नै सखाप भएपछि कृषकहरू चिन्तित बनेका छन् । पानीको वैकल्पिक स्रोतसमेत खडेरीका कारण सुकेपछि धान र कोदोको बीऊ राख्नबाट वञ्चित हुनुपरेको छ ।

जिल्लामा झन्डै ७ हजार हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुगेपनि खोला सुकेका कारण नहरहरूमा पानी बन्द हुँदा सिँचाइमा समस्या भएको छ । सानातिना मुलहरूको भरमा खेतीपाती गर्दै आएका कृषकहरू खडेरीका कारण मुल नै सुकेपछि चिन्ता थपिएको शंकरपोखरीका कृषक कुलप्रसाद तिवारीले बताए । उनले भने, “धान, कोदो रोप्ने बेलासम्म पनि बीऊ राख्न पाइएन यसपालि भोकमरी लाग्ने भयो ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ