2026-09-19 02:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

किन दिए कांग्रेसका मुख्यसचिव तिवारीले पदबाट राजीनामा ?

rishikes tiwariपर्वत वैशाख २६ गते । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीले पदबाट राजीनामा दिएका छन् ।     दुई वर्षअघि कांग्रेस सभापति सुशील कोइरालाले   तिवारीलाई मुख्यसचिवमा नियुक्त गरेका थिए । तिवारीले शनिबार बिहान सभापति शेरबहादुर देउवा निवास पुगी राजीनामा बुझाएका हुन् । ‘दुई वर्षअघि २६ वैशाखमै सुशील कोइराला सभापति भएपछि नियुक्ति गर्नुभएको थियो । अब नयाँ सभापतिमा देउवाजी आएपछि उहाँलाई काम गर्न सजिलो होस् भनेर राजीनामा दिएको हुँ,’ तिवारीले भने ।

देउवा सभापतिमा निर्वा्चित भएको १० दिनमै राजीनामा दिन खोजे पनि उनले तत्काल हतार नगर्न भनेको जानकारी उनले दिए । देउवाले दुई तीनदिनभित्रै नयाँ मुख्यसचिव नियुक्त गर्ने भएका  छन् ।  राजीनामा गरेका  तिवारीले ‘सामाजिक उद्यमशीलता’ भन्ने पुस्तक निकालेका छन् । उनले यस्तो पुस्तक पहिलोपटक नेपालमा लेखिएको दाबी गर्दै आएका छन् । तिवारीले आफ्नो कार्यकालमा कर्मचारीको तलब बढाउने, कार्यालयमा पुस्तकालयको व्यवस्था गर्ने, मुख्यसचिवका लागि स्कार्पियो गाडीको व्यवस्था गरेका थिए ।         उनले राजीनामात्र पत्र बुझाउँदै दुई वर्ष काम गर्न दिएकोमा धन्यवाद दिएका छन् । पर्वत जिल्ला घर भएका     तिवारीले अब सामाजिक काममा सक्रिय हुने जानकारी दिए ।

देउवाको दबाब
कांग्रेस सभापति शेरबहादुर देउवाले दबाब दिएपछि केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेशले  राजिनामा दिएको बुझिएको छ । देउवाले अप्रत्यक्ष रुपमा  तिवारीलाई राजीनामा दिन बाध्य पारेको कांग्रेस केन्द्रीय कार्यालय निकट स्रोत बताउँछ । मुख्य सचिवको पद सभापतिले चाहेको बेलामा हटाउन सक्ने पद भएका कारण उनको अप्रत्यक्ष दबाब थेक्न नसकी ऋषिकेशले राजीनाम दिएको बुझिएको छ ।
स्याङ्जाका पौडेललाई ल्याउने तयारी
सभापति देउवाले शिक्षक संघ काठमाडौंका पूर्वअध्यक्ष कृष्ण पौडेललाई मुख्यसचिवमा नियुक्तिको तयारी गरेका छन् । स्याङ्जाका पौडेल विष्णुमती कलेजका प्रिन्सिपल हुन् । उनी २०६८ मा भएको शिक्षक संघको केन्द्रीय अध्यक्षमा पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ