२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गाउँमै पुगेर नागरिकता र सीमा पास वितरण

२०७६, २ जेष्ठ बिहीबार ०५:३३

जेठ २ , हुम्ला । (रासस) : दुर्गम हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा रहेको दुर्गम नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्बाङमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । भौगोलिकरूपमा विकट भए पनि प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालसहितको टोलीले उक्त गाउँपालिकामा एकीकृत घुम्ती शिविरमा सञ्चालन गरी चार हजार ३८ नागरिकलाई सेवा प्रदान गरेको हो । 

 सदरमुकाम सिमकोटबाट एक दिनको पैदल लाग्ने नाम्खा गाउँपालिकाको याल्वाङमा एकीकृत घुम्ती शिविर दुई दिनसम्म सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो । शिविरमा ४५ लाई नयाँ नागरिकता, २४ लाई नागरिकताको प्रतिलिपि, दुईलाई नाबालक परिचयपत्र, आठलाई जनजाति सिफारिस, २०३ लाई नयाँ सीमा पास, २०१ को सीमा पास नवीकरण गएिको उहाँले जानकारी दिनुभयो । 

यस्तै शिविरमा ५० को फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरिएको थियो । शिविरमा रु पाँच हजार ९१५ को हुलाक टिकट बिक्री गरिएको उहाँले बताउनुभयो । हरेक वर्ष जनताको घरदैलोमै गएर सेवा प्रदान गर्ने कार्यक्रमअन्तर्गत शिविर सञ्चालन गरिएको प्रजिअ ढकालले बताउनुभयो । शिविरबाट प्रत्यक्षरूपमा नाबालकदेखि ६५ वर्षभन्दा माथिका नागरिक लाभान्वित भएको उहाँले जानकारी दिनुभयो । शिविर सञ्चालनका लागि प्रजिअ ढकाल, निर्वाचन कार्यालय हुम्लाका प्रमुखलगायत सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।

 एक दिन हिँडेर नागरिकता र सीमा पास नवीकरण गर्न आउने समस्या समाधान भएको भन्दै त्यहाँका स्थानीयवासीले खुशी व्यक्त गरेका छन् । गाउँमै पुगेर सीमा पास र नागरिकता वितरण गर्दा उत्तरी नाम्खा गाउँपालिकाका नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । यतिबेला उत्तरी नाम्खा गाउँपालिकाका नागरिक छिमेकी राष्ट्र चीनमा काम तथा व्यापारको सिलसिलामा चीन जाने गर्दछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै