2026-09-19 04:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आठ छोरी र एक छोराको अभिभावकलाई मुटुको व्यथा लागेपछि

13151702_759103064224990_8353884222649702506_nपर्वत । आठ वटा छोरी र एक छोराका बाबु एकाएक मुटुको व्यथा लागेर विस्तारामा परेपछि सिंगो परिवार तड्पिन पुगेको छ । भारतको मन्द्रासमा सामान्य रोजगारी गरी कमाई गरेको भरमा आफ्नो जहान परिवारको दैनिक गर्जो टार्दै आएका मिठे भनी चिनिने मिथुन गिरी यतिखेर अस्पतालको बेडमा छन् ।

जीवनभरको कमाई आफ्नो छोराछोरीको लालनपालनमै खर्चिएका उनले आठ वटा छोरी मुन्तिर एक छोरा जन्माएका रहेछन् । कान्छो सन्तानको रुपमा जन्मिएको ७ वर्षिय गणेश गिरी अहिले एक कक्षामा गाउँकै स्कुलमा पढ्दै छ । अन्य सन्तानहरुमध्ये दुई वटी छोरीको विहे भएको छ भने बाँकी घरमै रहेर पठनपाठन गर्दै छन् नाजुक आर्थिक अवस्था अनि ठुलो रोग लागेपछि निम्न वर्गीय घरपरिवारले कतिसम्मको दुःख र पीडा झेल्नु पर्छ भन्ने उदाहरण बनेका छन् मिठेको परिवार । आर्थिक अवस्था कमजोर भएका ५७ वर्षे मिठे थलिएको अहिले एक महिना जति भयो । मुटु रोगले थलिएर साहुको काम गर्न नसकेपछि मिठे कमजोर शरीर लिएर भारतबाट आफ्नै घर पर्वतको दुर्लुङ वडा नं. २ विसौना हाल कुश्मा नगरपालिका ७ मा फर्किए ।

उनी फर्किनुको कारण नेपाली दाजुभाईको साथ र सहयोग पाउँछु भन्ने सोचेर नै हो । शुरुमा उनलाई मुटु रोग लागेको पनि थाहा भएन । पोखराको गण्डकी अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि मात्र थाहा भो कि उनको मुटुको भल्भ नै फेर्नु पर्ने रहेछ । अहिले मिठे शहीद गंगालाल अस्पतालको बेडमा उपचारको क्रममा रहेका छन् । केही सहयोगी गाउँले दाजुभाईको आर्थिक सहयोगमा उनलाई अस्पतालसम्म पुराईएको हो । भल्भ फेर्नका लागि ४ देखि ५ लाख सम्म खर्च हुने अस्पतालले बताएको उनको परिवारका सदस्य बताउँछन् ।

अन्नपात छर्ने न प्रशस्त जमिन छ उनीसँग न त वर्षौ दुुःख गरेर जोडेको केही लाख रुपियाँ छ । केवल रित्तो पाखुरीको बलमा आफ्नो घरसंसार धान्दै आएका मिठे थलिएपछि उनीसँग अहिले गह्रौ मन र कमजोर शरीर मात्र छ । भएको केही हजार रुपियाँ पनि उपचार र खोजी गर्दैमा सकियो मिठेको । मिठे भन्छन्– ‘दयावान् सहयोगी नेपाली आमाबुवा, दाजुभाई, दिदीबहिनीको सानो सहयोग भयो भने म बाँच्नेछु । उपचार नै नपाएर कसरी म मरुँला र ?’ बाँच्ने ईच्छा पालेका मिठेले आफू स्वस्थ भई दुःख गरेरै भए पनि  साना छोराछोरीको शिक्षादिक्षाको व्यवस्था गर्ने अठोट व्यक्त गर्छन् ।

मुटुको उपचार गर्दै गरेका मिठेको सहयोगमा सहयोगी हातहरु पनि अघि बढाईएका छन् । दशनामी समाज पर्वतका सदस्यहरुले केही रकम सहयोग संकलन गरेको बताएका छन् । आईतवारसम्म ३८ हजार २ सय ५० रुपैया आर्थिक सहयोग संकलन भएको सदस्य डम्वर गिरीले जानकारी गराएका छन् । सहयोग संकलनको कार्य जारी छ । कोही सहयोगी मनहरुले आर्थिक सहयोग गर्न चाहेमा लक्ष्मी वैंक काठमाण्डुमा मिठुको नाममा रहेको खाता नं.०१६४४०००४०१ मा सहयोग गर्न सक्ने व्यहोरा उनको परिवारले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै