2026-08-30 10:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा जातीय भेदभाव तथा छुवाछुत विरुद्ध प्रादेशिक सम्मेलन

जेठ ५, सुर्खेत | जातीय भेदभाव र हिंसा अन्त्यका लागि आर्थिक सवलीकरण जरुरी भएको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोग र दलित गैरसरकारी संस्था महासंघको आयोजनामा कर्णाली प्रदेशस्तरीय जातीय भेदभाव तथा छुवाछूत विरुद्धको प्रादेशिक सम्मेलन उद्घाटन समारोहका सहभागीहरुले जातीय भेदभाव र हिंसा न्युनिकरणका लागि आर्थिक समृद्धि हुनु पर्नेमा जोड दिएका छन् ।

सम्मेलन उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक समृद्धिले हिंसा र भेदभावका घटनामा कम गर्न सकिने बताए । कर्णालीमा बर्सेनी जातीय विभेदका घटनाहरु भई रहेको भन्दै यसको कारण आर्थिक विपन्नता भएको उनको तर्क छ । ‘कर्णालीमा अहिले पनि कहिँ न कहिँ जातीय विभेद कायमै छ’ उनले भने, ‘यो सबैको कारक आर्थिक विपन्नता नै हो ।’

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले कर्णाली सरकारले सबै खाले विभिद्को अन्त्य गर्न अभियान थालिने बताईन् । त्यसका लागि प्रदेश सरकारले गृहकार्य सुरु गरेको उनले जानकारी दिईन् । स्थानीय तहबाटै विभेद र छुवाछुत गर्नेलाई सामाजिक बहिष्कार गर्नुपर्ने उनको भनाई थियो ।

राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त सुदीप पाठकले दलितका विषय र एजेण्डालाई लिएर तीन वटै सरकार लचिलो बन्नुपर्ने बताए । उनले दलितका एजेण्डाहरुमा स्थानीय तह, प्रदेश र संघीय सरकारले झगडा नगरी लचक बनेर सम्बोधन गर्नुपर्ने उल्लेख गरे । उनले कानुन कार्यान्वयन हुन नसक्नु नै अहिलेको ठूलो चुनौती भएको हुँदा भन्दै कानुन भएको अनुभूति सवैलाई हुनुपर्ने बताए । 

दलित गैसस महासंघका भक्त विश्वकर्माले मानवअधिकार आयोगले दलितका मुद्दालाई उठाएको हुँदा यस कार्यमा सवैको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा पूर्वमन्त्री खड्गबहादुर बस्याल, प्रदेशसभा सदस्यहरु सीता नेपाली, राजु नेपाली, प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोख्रेल, प्रहरी प्रमुख बसन्त रजौरे, पत्रकार महासंघका उपाध्यक्ष ललित बसेल, नेकपाका मोहन बडुवाल, दानसिंह सुनार, कांग्रेस कोषाध्यक्ष अनन्त पौडेल, राष्ट्रिय जनमोर्चाका लालबहादुर नेपालीलगायतले सीप र परिश्रमका धनी दलितलाई जातका आधारमा विभेद गर्दा उनीहरुको सीप खेर भएको बताएका थिए ।

सोमवारसम्म हुने प्रादेशिक सम्मेलनमा कर्णाली प्रदेशका १० वटै जिल्लाका स्थानीय तहका पदाधिकारी, अधिकारकर्मी, दलित अगुवालगायतको उपस्थिति छ । सम्मेलनपछि कर्णाली घोषणापत्र सार्वजनिक गर्ने दलित गैरसरकारी संस्था महासंघका उपमहासचिव सन्जुसिंह विश्वकर्माले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने