२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट : अपराधमा संलग्न १६८ जना पक्राउ

२०७६, ७ जेष्ठ मंगलवार ०८:३१

जेठ ७, विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले विभिन्न अपराधमा संलग्न १६८ जनालाई पक्राउ गरेको छ । प्रहरी उपरीक्षक कृष्णपल्ली मगरका अनुसार चालू आर्थिक वर्षको अहिलेसम्ममा विभिन्न घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरिएको हो । 

विभिन्न आपराधिक क्रियाकलापमा मुद्दा दर्ता भएका र अपराधमा संलग्नता भएका व्यक्तिलाई कानूनको दायरामा ल्याई पक्राउ गरी कारवाही गरिएको हो । सार्वजनिक कसुरमा १८, कुटपिटमा १८, सवारी ज्यान कसुरमा १२, ललाईफकाई तथा करकाप जालसाजीमा ११, जुवातास कसुरमा नौ, चोरीडकैतीमा १२, लागुऔषध कसुरमा आठ, गालीबेइज्जती तथा झैझगडा कसुरमा आठ, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान कसुरमा आठ, नागरिकता कसुरमा ६, मानव बेचबिखन तथा ओसारपसार कसुरमा ६, जबर्जस्ती करणी कसुरमा ६, सम्बन्धविच्छेद कसुरमा ६, सामाजिक अपराध कसुरमा चार र भवितव्य ज्यान कसुरमा चार जना पक्राउ परेका छन् । 

प्रहरी उपरीक्षक मगरले अपराधमा संलग्न जोसुकै भए पनि पक्राउ गरी कारवाही गरिने बताउनुभयो । गत वर्ष विभिन्न घटनामा संलग्न १५६ जनालाई पक्राउ गरी कारागार चलान गरिएको थियो । उनीहरुबाट रु पाँच लाख १५ हजार जरिवाना असुल गरिएको थियो । 

–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ