Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सैनिक जवानको हत्या प्रकरण: गाउँ नै सुनसान

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

महेश सिंह महतो | जेठ ९, सिरहा | सिरहाको बरियारपट्टी गाउँपालिक–४ स्थित सोहपुरमा सैनिक जवानको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । अनुसन्धानमा असर गर्ने भन्दै प्रहरीले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरेको छैन । प्रवक्ता खरेलले पक्राउ परेकामाथि अनुसन्धान भइरहेको भन्दै दोषीलाई चाँडोभन्दा चाँडो अनुसन्धानको दायरामा ल्याइने बताए ।

सिरहाको वडियारपट्टी गाउँपालिका–४ तेनुवापट्टी गाउँ अहिले अहिले सुनसान छ । सैनिक जवान सिंहलाई नियन्त्रणमा लिइ कुटपिट गर्दा मृत्यु भएपछि गाउँका युवा तथा पुरुषहरु गाउँ छोडेर भागेका हुन् ।

युवा तथा पुरुषहरु फरार भएपछि गाउँमा महिला, बालबालिका र वृद्धहरुमात्र रहेका छन् । नयाँ कोही गाउँ पुग्नासाथ उनीहरुको आँखामा एक खालको त्रास देखिने गरेको छ । चोरीको आरोप लगाउने वीरेक्षणको घरमा यतिबेला ताला लागेको छ ।

घटना भएको दिन प्रहरीलाई खबर गरेपनि प्रहरी समयमा नआउनु र आएपनि मुखदर्शक भएको पीडित पक्षले आरोप छ । उनीहरुले दोषीलाई पक्राउ गरी कडा कारवाहीको माग गर्दै बिहीवार सिरहाको सुखीपुर बरियारपट्टी सडक खण्ड विहान ९ बजे देखि साँझ ७ बजे सम्म अवरुद्ध पारेका थिए । उनीहरुले ईलाका प्रहरी कार्यालय बरियारपट्टीलाई समेत घेराऊ गरेका थिए । घेराऊ पछि प्रहरी र स्थानीय बीच ३ बुँदे सहमति भएपछि घेराऊ र सडक अवरोध खुला गरिएको थियो ।

परिवारले प्रमुख जिल्ला अधिकारीसमक्ष ६ बुँदे माग पनि प्रस्तुत गरेका छन् । जसमा परिवारको सदस्यलाई सेनामा रोजगारीको ग्यारेन्टी तथा दोषी पत्ता लगाई कडा कारवाहीको माग गरिएको छ ।