२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

विप्लव समूहका घोराही इन्चार्जद्वारा पार्टी परित्याग

२०७६, १० जेष्ठ शुक्रबार ०५:१०

जेठ १०, घोराही । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व समूहका दाङ जिल्ला कमिटी सदस्य तथा घोराही नगर इन्चार्ज रहेका सहदेव थारू ‘बिहानी’ले पदबाट राजीनामा दिनुभएको छ । 

उहाँले बिहीबार घोराहीमा पत्रकार सम्मेलन गरी आफूलाई पार्टीको नीति, सिद्धान्त, विचार मन नपरेको कारण देखाउँदै पार्टीबाट राजीनामा दिएको बताउनुभयो । उहाँले अब आफू पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको र आम नागरिकसरह जीवनयापन गर्न चाहेको बताउनुभयो । पछिल्लो समय विप्लव समूहले गरेको हिंस्रक गतिविधिले समाजमा सकारात्मक सन्देश नदिएको हुँदा आफूले उक्त समूह परित्याग गरेको उहाँको भनाइ थियो । आम नागरिकले अब देशमा शान्ति चाहिरहेको अवस्थामा फेरि पनि युद्धको झल्को दिने गतिविधि गर्नु उचित नभएको उहाँले बताउनुभयो ।   

उहाँलाई वैशाख १३ गते प्रहरीले सार्वजनिक अपराधको मुद्दा लगाउँदै गिरफ्तार गरेको थियो भने उच्च अदालत तुलसीपुरबाट बन्दी प्रत्यक्षीकरणमाथि बहस गर्दै रिहा गर्न आदेश दिए पनि प्रहरीको उच्च निगरानीमा हुनुहुन्थ्यो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा