दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

साझासवाल
1 Min Read

जेठ १०, दैलेख | दैलेखको गुराँस गाउँपालिका-१, रिगलपानीमा मिनी ट्रक दुर्घटना हुँदा कम्तिमा ३ जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो सडकबाट करिब ३ सय मिटर तल ट्रक खसेको हो । जिल्ला प्रहरी कार्यालय, दैलेखका एक अधिकारीले दुर्घटना भएको पुष्टि गरेका छन् ।

ती अधिकारीका अनुसार दुर्घटनास्थल नजिकै रहेको प्रहरी चौकीले ३ वटा शव जलेको अवस्थामा भेटिएको जानकारी दिएको छ । ट्रकको नम्बर प्लेट पनि जलेको छ ।

जिल्लाको टोली पुगेपछि मात्रै थप विवरण प्राप्त हुने जनाइएको छ ।

Leave a Comment

Leave a Reply