२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा पुनःनिर्माणमा नयाँ अभ्यास : काठैकाठ प्रयोग गरेर घर निर्माण

२०७६, १२ जेष्ठ आईतवार ०२:१०

जेठ १२, बेत्रावती । चार वर्षअघि गएको ‘गोरखा भूकम्प’ पछि नुवाकोटमा विपत् प्रतिरोधात्मक संरचना बनाउने क्रममा काठैकाठ मात्र प्रयोग गरेर घर बनाउन थालिएको छ ।

 विदुर नगरपालिका–९ जफती एवं आसपासका स्थानसहित रसुवामा समेत नयाँ घर बनाउँदा निर्माण सामग्रीको रुपमा गोब्रेसल्लाको काठ प्रयोग गरेर घर बनाउन स्थानीयवासी आकर्षित भएका छन् । 

भूकम्पपछिको पुनःनिर्माणमा सहयोग पु¥याउन आउनुभएका अष्ट्रियाली नागरिक राफायल लङ्गेहोस्र्तको नेतृत्वमा रहेको यहाँका निर्माणकर्मी सम्मिलित टोलीले स्थानीय स्रोतसाधनको प्रयोग गरेर घरको जग तहसम्म पूरा गरेपछि त्यसपछि काठैकाठ प्रयोग गरेर घर बनाएका छन् । ती घर बहुविपत् प्रतिरोधी रहेको पुष्टि गर्दै भूकम्पपीडित लाभग्राहीलाई आवास पुनःनिर्माणमा सहयोगस्वरुप सरकारले उपलब्ध गराउने अनुदान रकमसमेत दिएको विनपा–९ का वडाध्यक्ष सनी चित्रकारले जानकारी दिनुभयो ।

 उहाँका अनुसार गारोमा काठ मात्र प्रयोग गरेर बनाइएको घर भूकम्प र आगलागीबाट सुरक्षित रहेको भनेर इञ्जिनीयरबाट सिफारिश भएकाले रु तीन लाख अनुदान उपलब्ध गराइएको छ । ढुङ्गा–माटोबाट बनेका परम्परागत शैलीका अधिकांश घरलाई भूकम्पले क्षति पु¥याएका कारण जोखिमबाट बच्न हाल नयाँ प्रविधिको रुपमा काठको प्रयोग गरेर घर बनाइएको जफतीका कृष्णबहादुर बोगटीले बताउनुभयो ।

 उहाँको अनुसार जफतीको स्थानीयका केही निजी घर र स्वास्थ्यचौकी काठैकाठ प्रयोग गरेर बनाइएको छ । घरको छानामा भने टायल लगाइएको छ । “बासोबास गर्न स्वास्थ्यको दृष्टिकोणले ढुङ्गामाटो प्रयोग गरिएका घर प्रभावकारी भए पनि भूकम्पबाट जोगाउन चुनौती भएकाले काठैकाठको गारो बनाएर घर बनाएका हौँ”, बोगटीले भन्नुभयो, “काठले बनाएका घर भूकम्पले सजिलै नलडाउने, जाडोमा न्यायो र गर्मीमा चिसो महसुस हुने, मुसालगायतका जीवजन्तुको प्रभाव नपर्ने देखिएको छ ।”

 काठैकाठको घर बनाउन प्रयोग भएका काठ भने हाल अधिकांश विदेशबाट आयात भइरहेको छ । नेपालको उच्च भू–भागमा पाइने गोब्रेसल्ला जातको काठ ल्याएर यहाँ घर बनाउन व्यस्त अष्ट्रियाका नागरिक राफायल लङ्गेहोस्र्तले आफ्नो देशको उत्कृष्ट नमूनालाई नेपालको भूकम्पपछिको पुनःनिर्माणमा प्रयोगमा ल्याएको बताउनुहन्छ ।

 निर्माणमा प्रयोग गरिने उक्त काठलाई सिजनिङ तथा प्रशोधन गरिएकाले आगो लागेमा सजिलै नसल्कने, आकर्षण एंव मौलिकपन सुहाउँदो देखिएकाले धेरैको छनोटमा पर्ने गरेको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा