२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दिया : तीन विद्यालय समायोजना गर्दै तीन बस सञ्चालन

२०७६, १६ जेष्ठ बिहीबार ०२:४९

जेठ १६, राजापुर ।  बर्दियाको मधुवन नगरपालिका–४ ढोढरीमा रहेको नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयले तीन स्कूल समायोजना गर्दै ती विद्यालयका विद्यार्थीको सहजताका लागि तीन स्कूलबस सञ्चालनमा ल्याएको छ ।

 किसान प्राथमिक विद्यालय माचढ, दीपेन्द्र प्राथमिक विद्यालय र नेपाल राष्ट्रिय प्राथमिक विद्यालय ढोढरीलाई नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयले आपूmमा समायोजना गरेको हो । वरपरका विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालय समायोजना गरेपछि ती  विद्यालयमा अध्ययनरत प्राथमिक तहका बालबालिकालाई असहज हुँदा दुई बस आफैँले खरीद गरी र एक भाडामा ल्याएको नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णचन्द्र पोखरेलले बताउनुभयो ।

 नमूना विद्यालयमा कक्षा १ देखि ५ कक्षासम्म पूर्ण अङ्ग्रेजी माध्यम र ६ देखि ९ कक्षासम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुन्छ । गुणस्तरीय शिक्षा भएका कारण यस विद्यालयमा टाढाटाढादेखि पनि बालबालिका पढ्न आउने गर्दछन् । लामो दूरीका बालबालिकालाई स्कूल बस सञ्चालनपश्चात् पढ्न आउन सहज भएको र अति विपन्न, असहाय र जेहेन्दार विद्यार्थीका लागि छात्रावासको व्यवस्थासमेत रहेको विद्यालयका मावि इन्चार्ज जीवन खत्रीले बताउनुभयो । 

साथै अतिरिक्त समयलाई कृषि उत्पादनमा लगाउँदै पढ्दै सिक्दै कमाउँदै भन्ने अभियानका साथ स्वेच्छिकरूपमा काम गरेवापत  प्रतिघण्टा रु ७५ रुपैयाँका दरले  पारिश्रमिक दिने  प्रअ  पोखरेलले बताउनुभयो । हाल मधुवन, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाबाट विद्यालयमा अध्ययन गर्न बालबालिका आउने गर्दछन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो