2026-10-15 08:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापा, धादिङ र बर्दियाका वालकहरुलाई भारतबाट उद्धार

माधव बेल्वासे | जेठ १९, (कपिलवस्तु) । भारतबाट तीन बालकको उद्धार गरीएको छ । शान्ति पुनस्र्थापना गृह केन्द्रिय कार्यालयले झापा, धादिङ र बर्दियाका वालकहरुलाई उद्धार गरेको हो । झापाका १४ वर्षे वालक बिराटनगरमा भारतीय ट्रक ड्राइभरले विभिन्न प्रलोभनमा पारि भारत लगेको र त्यहा विभिन्न यातना दिएपछि बालकलाई प्रहरीले दरिद्वार राजकीय बाल गृहको जिम्मा लगाएको थियो । 

त्यस्तै  धादिङका १२ वर्षीय वालकलाई भारत लगि काम लगाईलिने प्रलोभनामा परेर अलपत्र परेका थिए । बर्दियाका १४ वर्षे एक वालकलाई पनि उद्धार गरिएको शान्ति पुनस्र्थापना गृह कपिलवस्तुका संयोजक भुमीराज भट्टराईले वताए ।

भारतबाट विहीबार नेपाल आइपुगेको टोलीले बर्दियाका बालकलाई सोही दिन नै आफन्तको जिम्मा लगाएको र  अन्य दुई बालकहरुलाई भने शुक्रबार झापा र र धादिङ पुगेर जनप्रतिनिधि र सरोकारवालाको रोहबरमा परिवारसँग पुनर्मिलन गराएको भट्टराईले बताएका छन् ।

झापामा आगलागीबाट सात लाखको क्षति

झापाको अर्जुनधारा–८ स्थित गोपीबहादुर कामीको घरमा आज बेलुका ८ः३० बजे आगलागी भएको छ । आगलागीबाट एकतले जस्ताले छाएको घर जलेर पूर्णरुपमा नष्ट भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार खाना पकाउने क्रममा ग्यास लिक भई एक्कासि आगलागी भएको हो । आगलागीबाट रु ५० हजार, २५ मन धान, लत्ताकपडालगायत घर जलेर नष्ट भएको छ । “एक्कासि घटना भएपछि स्थानीयवासीले आगलागी नियन्त्रणको प्रयास गरे पनि त्यो सफल हुन सकेन”, प्रमुख थापाले भन्नुभयो, “बिर्तामोड नगरपालिको दमकलले आगो नियन्त्रणमा लिए पनि घर पूर्णरुपमा नष्ट भएको छ ।” हाल आगलागी पीडित गोपीबहादुरको छ जनाको परिवारलाई बिर्तामोड नगरपालिकाको आश्रयमा राखिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने