2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काभ्रेमा मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

जेठ २१, बनेपा । विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चरङ्गेफेदीमा आज बिहान मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएकोे छ ।

रामेछाप जिल्लाबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ५२३७ नंको ट्रक र काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको बा९५प ७६८६ नंको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल पछाडि सवार सुनसरी जिल्ला इनरुवा घर भई हाल गढी गाउँपालिका–२ जोगनियझोरा बस्ने अन्दाजी वर्ष १८ को अमिन साथीरको मृत्यु भएको धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । सोही ठाउँ बस्ने मोटरसाइकल चालक अन्दाजी वर्ष २५ को नजीर साथीर घाइते भएकाले नमोबुद्ध नगरपालिका नौबिसेस्थित मेनिथनकोट अस्पतालमा उपचार भइरहेको कटुञ्जे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक महेश्वर दाहालले जानकारी दिनुभयो । ट्रकसहित त्यसका चालकलाई  नियन्त्रणमा लिएर कारबाही अघि बढाइएकोे छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई