२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा सर्पको डसाइबाट एक किशोरीको मृत्यु

२०७६, २१ जेष्ठ मंगलवार १५:५४

जेठ २१, लमही । दाङमा सर्पको डसाइबाट एक किशोरीको मृत्यु भएको छ । आज बिहान राजपुर गाउँपालिका–४ मोतिपुरकी १७ वर्षीया प्रमिला यादवलाई सर्पले डस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार बिहान स्कूल जाने क्रममा घरबाट निस्किने क्रममा सर्पले डसेको र यादवको उपचारका क्रममा सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेमा मृत्यु भएको हो । विद्यालय जानलाई गोठबाट साइकल निकाल्ने क्रममा सर्पले डसेको थियो । यादव राजपुर गाउँपालिका–३ स्थित शङ्कर मावि खदरियामा कक्षा १० मा अध्ययनरत थिइन् । 

प्रदूषणको कारण ‘प्लास्टिक’

रीता लामा, जेठ २१, लमही । ड्राइ फुड, दूध, दही, घीउदेखि मरमसाला, दाल, चामल, तेल, नुन सबै प्लास्टिककै झोलामा प्याक भएर आउँछन् । कस्मेटिकका सामग्री हुन वा तयारी कपडा, पेयपदार्थ होस् वा औषधिको प्रकार सबै प्लास्टिकभित्रै हुन्छन् । 

केटाकेटीले खाने फास्ट फुड हुन् वा खेलाउने खेलौना ती पनि प्लास्टिककै हुन्छन् । अब त घरमा प्रयोग हुने अधिकांश सामान प्लास्टिककै हुनथाले । अहिले सबैतिर प्लास्टिकको बिगबिगी छ । जताततै प्लास्टिक छ । प्लास्टिकको सामग्री यति धेरै भयो कि बजारका सडक छेउ हिँड्दा हरेक पाइलामा प्लास्टिकका साना–ठूला टुक्रा देख्न पाइन्छ । सुर्ती, गुट्का, पुकार, चकलेट, बिस्कुटका सानासाना टुक्राले बजार ढाकेको छ । 

उसो त दाङमा प्लास्टिक उत्पादनको उद्योग छैन । प्लास्टिक व्यवसायी दाङका अध्यक्ष ओमप्रकाश पोखरेलका अनुसार अहिले जिल्लामा विराटनगर, वीरगञ्ज, काठमाडौँ, भैरहवा र चितवनबाट प्लास्टिकका सामग्री भित्रिने गरेका छन् । प्लास्टिकका झोलासँगै अहिले करीब १५० प्रकारका प्लास्टिकका सामग्री जिल्लामा आउने गरेका छन् । जुन खेलौनादेखि दैनिक जीवनमा उपयोग हुने भाँडाकुँडा छन् । 

यस्तै अहिले घोराही बजारमा मात्रै डेढ  दर्जनभन्दा बढी प्लास्टिकको सामग्री मात्रै बिक्री गर्ने पसलहरु छन् । प्लास्टिक व्यवसायीहरुका अनुसार एउटा पसलले सरदर महीनामा ४० देखि ५० किलोसम्म प्लास्टिकका झोलाहरु बिक्री गरेको पाइन्छ । प्लास्टिकबाट भाँडावर्तन के कति बिक्री हुन्छ, त्यसको हिसाब नै छैन ।

प्लास्टिकबाट बनेको भाँडावर्तनहरु जिल्लामा उत्तिकै भित्रिएको छ भने खपत पनि बढेको छ । उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण भुसाल प्लास्टिकका झोलालाई विकल्प दिएर रोक्ने सके पनि तयारी सामग्री प्याकिङ भएको आएका प्लास्टिक भने रोक्नै सकिने अवस्थामा नरहेको बताउनुहुन्छ । विशेषगरी बजारलाई हराभरा र सुन्दर बनाउनका लागि प्लास्टिक नै बाधक रहेको उहाँको बुझाइ छ । 

उद्योग वाणिज्य सङ्घका अध्यक्ष भुसाल अब कागज वा गल्ने खालका सामग्रीलाई व्यवसायीहरुले उत्पादन र बिक्रीवितरणमा जोड दिनुपर्ने बताउनुहुन्छ । “जिल्लामा प्लास्टिकका झोला र भाँडाकँुडा यति धेरै भए कि नियन्त्रण गर्नै गाह्रो भयो”, उहाँले भन्नुभयो, “तर हामीले पनि विकल्पका रुपमा अन्य सामग्री उत्पादन र उत्पादन गर्नेलाई सबै प्रकारको सहयोग गर्ने सोचमा छौँ ।”

परिवर्तन विस्तार गर्न सकिने भन्दै उहाँले अब कुहिने खालको सामग्रीलाई बढी उपयोगमा ल्याउनुपर्छ । प्लास्टिकका झोलाको ठाउँमा कपडाको झोला, फाइबरको झोला प्रयोगमा ल्याउन सकिने उहाँले बताउनुभयो । यस्तै उहाँले उपमहानगपालिकासँग मिलेर व्यवसायीहरुबाटै प्लास्टिकका प्रयोग भइसकेका सामग्री किनेर पुनः प्रयोगको योजनासमेत अगाडि सारेको बताउनुभयो । 

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी प्लास्टिकको कारणले फोहर व्यवस्थापनमा समस्या भएको बताउनुहुन्छ । त्यसैगरी जलवायु अनुकूलनमा पनि यसले धेरै बाधा पु¥याएको उहाँको ठम्याइ छ । तर उपमहानगरले प्लास्टिकलाई नियन्त्रण गर्दै जाने उहाँ बताउनुहुन्छ । “एकै पटक घोषणा गरेर बन्द गर्ने अवस्था छैन । निरन्तरण नियन्त्रण गर्दै जाने हो ।” 

उहाँले भन्नुभयोे, “आगामी नीति तथा कार्यक्रममा प्लास्टिक नियन्त्रणको कार्यक्रम नै ल्याउन लागेका छौँ र त्यसलाई लागू पनि गर्छौं ।” उहाँले अहिले व्यवसायी र जनता सबै प्लास्टिकका सामग्री उपयोगमा बानी परिसकेको हुँदा बिस्तारै वैकल्पिक सामग्री उत्पादनमा जोड दिएर प्लास्टिक विस्थापित अभियानमा उपमहानगरपालिका लाग्ने बताउनुभयो । 

अहिले घोराहीमा एक जना उद्योगीले कागजको झोला उत्पादनको कार्य थालिएको छ । तर प्लास्टिकको झोला यति भरपर्दो भयो कि कागजको झोला बिक्ने अवस्था नै छैन । 

पछिल्लो समय स्थानीय तहहरुले सरसफाइ व्यवस्थापनमा चासो दिएका छन् । घोराही र तुलसीपुर उपमहानगरले सरसफाइमा विशेष चासो दिएको जस्तो देखिन्छ । तर बजारमा यत्रतत्र छरिएका प्लास्टिक नियन्त्रण गर्ने गाह्रो भएको छ । हरेक सेकेण्ड व्यक्तिले बजारका सडकमा प्लास्टिक मनपरी फ्याँकेको देख्न पाइन्छ । बजारका चोकचोकमा राखिएका डस्टबिनमा मात्रै फोहर फाल्नुपर्छ भन्ने हेक्कासमेत राख्दैनन् । अथवा फोहरलाई एकीकृत गरेर उपमहानगरको गाडी आए पनि त्यसैलाई दिनुपर्छ भन्नेमा वास्ता गर्दैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो