2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दुर्लभ हिमचितुवा र सुनौलो बिरालो फेला

जेठ २३, जिरी (रासस) | गौरीशङ्कर संरक्षण क्षेत्रमा संरक्षित तथा दुर्लभ हिमचितुवा तथा सुनौलो बिरालो पहिलोपटक देखिएको छ । गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले गरेको क्यामेरा ट्रापिङका क्रममा दुर्लभ हिमचितुवा र सुनौलो बिरालोको दृश्य रेकर्ड गरिएको हो ।

आयोजनाले दोलखाको बिगु गाउँपालिका अर्थात् साविक लामाबगर गाविस–१ को लप्ची उपत्यकाका विभिन्न ११ ठाउँमा इन्फ्रारेड क्यामेरा राखेर गरिएको अध्ययनबाट हिमचितुवाका तीन तस्वीर रेकर्ड भएपछि सो क्षेत्रमा हिमचितुवा रहेको पुष्टि भएको हो ।

आयोजनाका अनुसार क्यामेरा ट्रापिङबाट दुर्लभ सुनौलो बिरालोको तस्वीरसमेत रेकर्ड भएको छ । त्यसैगरी संरक्षित तथा दुर्लभ जन्तु चरिबाघ, कस्तुरी मृग, आसामी बाँदरजस्ता जनावरको समेत तस्वीर रेकर्ड भएका आयोजनाका संरक्षण अधिकृत विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार क्यामेरा ट्रापिङमा हिमाली कालो भालु, तिब्बती फ्याउरो, झारल, घोरल, नाउर, चितुवा, रातो फ्याउरोलगायत १५ स्तनधारी जनावरको तस्वीर रेकर्ड भएको छ ।

संरक्षण क्षेत्रमा जीवजन्तुको उपस्थिति पत्ता लगाउन आयोजनाले विसं २०७५ असोजदेखि २०७६ वैशाखसम्म लप्ची उपत्यकामा गरेको क्यामेरा ट्रापिङबाट चार हजार ८७ मिटरमाथिको उचाइमा हिमचितुवाका तीन तस्वीर रेकर्ड भएको हो । हिमचितुवाको तस्वीर रेकर्ड भएको स्थान लप्ची गुम्बाबाट सात किलोमिटरको दूरीको खोलाछेउस्थित सुनापाती र धुपीका मसिनाबोट तथा हिमाली घाँसे भूमि पर्दछ ।

लप्ची उपत्यका नेपालमा तुलनात्मक रुपमा प्राकृतिक अवस्थामा रहेको हिमाली क्षेत्र हो । यस क्षेत्रमा शेर्पाको बसोबास छ । सांस्कृतिक रुपमा यस क्षेत्रमा जीवजन्तुको काटमार तथा मासुजन्य पदार्थ उपभोग पूर्णतः बर्जित गरिएको हुनाले वन्यजन्तु संरक्षणको दृष्टिले सुरक्षित मान्न सकिन्छ । 

हिमचितुवा मध्यएशिया र हिमालय पर्वतमा मात्र बसोबास गर्ने प्राणी हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ मा रहेको यस जीवलाई अन्र्तराष्ट्रिय संरक्षण सङ्घ (आइयुसिएन) ले समेत दुर्लभ प्रजातिको रुपमा सूचीकृत गरेको छ । हिउँचितुवा विश्वमा १० हजारभन्दा कम सङ्ख्यामा जीवित रहेको अनुमान गरिएको छ । नेपालमा यसको सङ्ख्या ३०० देखि ५०० को सङ्ख्यामा रहेको अनुमान छ भने यस संरक्षण क्षेत्रमा तीनदेखि पाँचसम्म रहेको अनुमान छ । नेपालको कञ्चन्जङघा, मकालु बरूण, सगरमाथा, लाङटाङ, मनास्लु, अन्नपूर्ण, शे–फोक्सुण्डो, ढोरपाटन, अपिनाम्पालगायतका हिमाली क्षेत्रमा हिउँचितुवा उपस्थितिको रकर्ड गरिएको छ ।

जैविक विविधताको दृष्टिले अत्यन्त महत्वपूर्ण यो क्षेत्रमा राष्ट्रिय प्रकृति संरक्षण कोषको स्वीकृति ‘जैविक विविधता अध्ययन अनुसन्धान’ शीर्षकअन्तर्गतको अनुसन्धानकार्य गरिएको आयोजना प्रमुख सत्यनारायण साहले जानकारी दिनुभयो । अनुसन्धानमा आयोजनाका संरक्षण अधिकृत पाण्डे तथा पोखरा विश्वविद्यालय, नेपाल इञ्जिनीयरिङ कलेज, स्नातकोत्तर अध्ययन केन्द्रका उपप्रध्यापक डा नारायणप्रसाद कोजुको संयुक्त नेतृत्वमा आयोजनाका प्राकृतिक स्रोत संरक्षण सहायक शङ्करमान थामी र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी विजय बस्यालको समूहले क्यामेरा ट्रापिङ तथा स्थलगत अनुसन्धान गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई