२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहाको अधिकांश सरकारी कार्यालयमा सेवाग्राहीबाट नै घुस

२०७६, २४ जेष्ठ शुक्रबार ०४:१०

महेश सिंह महतो | जेठ २४, सिरहा । सिरहा जिल्लाको अधिकांश सरकारी कार्यालयमा सरकारी सेवा लिन सेवाग्राहीले घुस नदिइए कामै बन्दैन् अबस्था देखिएको छ  । सिरहा जिल्ला समन्वय समितिका एक इन्जिनियर, कल्याणपुर नगरपालिका लगायतका कार्यालयका आधा दर्जन कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ ।

सिरहाको १७ स्थानीय तह मध्ये १० वढी पालिका माथी अख्तियारमा उजुरी परेको छ । सिरहाको नापी कार्यालय लहानमा नक्सा बनाए वापत रकम दिँदै सिरहामा ६१ प्रतिशत सेवाग्राहीले सरकारी सेवा लिँदा घुस दिनु परेको तथ्यांक राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरेको हो । सिरहाका सरकारी कार्यालयमा सर्वाधिक घुस लेनदेन भईरहेको अवस्था देखिएको सतर्ककता केन्द्रले गरेको अध्ययनले देखाएको छ । 

उनीहरुले सामान्य भन्दा सामान्य काम गर्नु पर्दा पनि घुस तिर्नुपर्ने बाध्यता रहेको  सिरहाका सरकारी कार्यालयहरुमा रहेको एक तथ्याङ्कले सार्वजनिक भएका थिए । घुस लिन क्रममा अख्तियार दुरुपयपोग अनुसन्धान आयोगले एक वर्षमा आधा दर्जन कर्मचारीलाई पक्राउ समेत गरेका छन् ।

सिरहाको अधिकांश सरकारी कार्यालयमा सेवाग्राहीलाई घुस विना काम नगरिदिने अवस्था रहेको हो । सरकारी अड्डामा मौलाएको घूसखोरीले सेवाग्राहीमा असन्तुष्टि पनि चर्को रहेको सतर्कता केन्द्रले गरेको अध्ययनको निष्कर्षले देखाएको  छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी