2026-09-18 11:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

जापानमा ज्यान गुमाएका भण्डारीको परिवारलाई साढे ७ लाख प्रदान

कृष्ण कँडेल । माघ ८, गलकोट । कामको शिलशिलामा जापानमा ज्यान गुमाउनुभएका रविलाल भण्डारीका परिवारलाई साढे ७ लाख राहात रकम प्रदान गरिएको छ ।

बेलुका साथीसँगै खाना खाएर सुतेका हटिया–३ का भाण्डारी भोली पल्ट विहान गत पुस २४ गते जापानको टोकियोमा मृत अवस्थामा भेटिनुभएको थियो । उहाँका परिवारको लागि समाज कल्याण युवा क्लव हटिया धुस्तुङ्गका पदाधिकारी तथा सदस्यको पहलमा जापानबाट संकलन गरिएको ७ लाख ४७ हजार ९ सय ४० रुपैयाँ प्रदान गरिएको हो । भण्डारी परिवारको आफ्नो आर्थिक समस्या समाधान गर्न र छोराछोरीको शिक्षा दिक्षाका लागि खर्च गर्ने गरि यो रकम प्रदान गरिएको समाजका अध्यक्ष विरजंग भण्डारीले जानकारी दिनुभयो । जापनमा रहेका समाज कल्याण युवा क्लवका सदस्य, संस्थापक तथा भण्डारी परिवारका आफन्त र शुभचिन्तकले सहयोग संकलन गरेका थिए । सहयोग संकलनको क्रममा जापानमा ४ समुह बनाएर काम गरिएको काजीमान भण्डारीले जानकरी दिनुभयो ।

सहयोग रकम स्वर्गीय भण्डारीका श्रीमती मनकुमारी भण्डारीलाई प्रदान गरिएको हो । मनकुमारी भण्डारी मृगौला रोगबाट पिडित हुनुहुन्छ । उहाँको एउटा मृगौलाले मात्र काम गर्ने स्थानिय खिम साहनीले जानकारी दिनुभयो । स्वार्गीय भण्डारीका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । राहात रकम प्रदान गर्ने क्रममा भण्डारीका श्रीमती मनकुमारी भावुक हुँदै रुनु भएको थियो भने कार्यक्रममा उपस्थित आफन्तको पनि आँखा रसाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई