शैक्षिक सुधारको लागि जुट्नु पर्छ–अध्यक्ष नेपाली

Posted on: 24 Jan, 2016

कृष्ण कँडेल/ माघ १०, गलकोट । मातृपर्टि विचको एकतापछि अखिल नेपाल प्रगतिशिल शिक्षक संगठन र अखिल नेपाल राष्टिय शिक्षक संगठन बागलुङ्गविच पनि एकाता भएको छ । तत्कालिन नेकपा माओवादी र नेकपा एकीकृत निकट दुवै शिक्षक संगठन विच एकता गरि बनार्ईको अखिल नेपाल प्रगतिशिल शिक्षक संगठन बागलुङ्गको अध्यक्षमा चन्द्रदत्त रेग्मी चयन हुनुभएको छ । जिल्ला सम्मेलन आयोजक रहने गरि बनार्ईएको ७१ सदस्यीय जिल्ला समितिको बरिष्ठ उपाध्यक्षमा नईन्द्रबहादुर गुरुङ्ग, उपाध्यक्षमा गणेश घर्ती, तेजकुमारी घर्ती र तिलक पौडेल, सचिवमा हरि पौडेल, सहसचिवमा थमप्रसाद रोका र कोषध्यक्ष नरबहादुर थापा रहनुभएको छ । एकाता भेलाले सम्मेलन अयोजक समितिको २३ सदस्यीय सचिवालय बनाएको छ ।

भेलामा नेपाल प्रगतिशिल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष हरिभक्त नेपालीले शिक्षकले आफ्नो पेशागत अधिकारसँग उत्तरदायित्व समेत वोध गरि शैक्षिक सुधारको लागि जुट्नुपर्ने बताउनुभएको छ । अध्यक्ष नेपालीले आफ्नो शिक्षक संगठनले शिक्षामा तत्कालिन र दिर्घकालिन सुधारको योजना अघि सारेको बताउँदै शिक्षाम आमा सुधकारको कुरा तत्कालिन सुधार अन्तरगत पर्ने बताउनुभयो । नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य तथा जिल्ला सम्मेलन आयोजक समिति बागलुङ्गका संयोजक चन्द्रबहादुर बुढा सागरले माओवादी आन्दोलन निराशामा गईरहेको अवस्थामा भएको पार्टि एकाताले उत्साह थपेको भन्दै आम नेपालीका जिवनस्तर सुधार गर्ने खालको सत्ता संरचना र आर्थिक कार्यक्रम हुनुपर्नेमा जोड दिनुभयो । त्यसको लागि विपन्न वर्गको पक्षपोषण गर्ने राज्य संरचना निर्माण गर्नुपर्ने तर्क गर्नुभएको छ । कार्यक्रममा नेकपा क्रान्तिकारी माआवादीका केन्द्रिय सदस्य निलबहादुर पुन, अखिल नेपाल प्रगतिशित शिक्षक संगठनका केन्द्रिय सहअध्यक्ष झपेन्द्र क्षत्री र अखिल क्रान्तिकारीका केन्द्रिय सचिव दिवश खत्रीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम अखिल नेपाल प्रगतिशिल शिक्षक संगठन बागलुङ्गका अध्यक्ष नईन्द्रबहादुर गुरुङ्गको अध्यक्षता, नरबहादुर थापाको स्वागत र चन्द्रदत्त रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!