कर्णालीमा गाउँ-गाउँमा विशेषज्ञ स्वास्थ्य सेवा, उपचारबाट २ करोड जोगाए जनताले

साझासवाल
6 Min Read

रेशमराज रोकाया | जेठ २६, हुम्ला | हुम्लाको चंखेली गाउँपालिका कोर्का गाउँका असौजे सार्कीले हात भाँचिएर राखिएको रड आर्थिक अभावको कारण ५ वर्षदेखी झिक्न पाएका थिएनन्, गाउँमा नै विशेषज्ञ टोली आएको थाहा पाएर एका विहानै कोदोको सुख्खा रोटी आएर सिविर भएको स्थानमा आए । आफुले सबै कुरा डाक्टरको टोलीलाई बताए पछि उहाँको रड झिकिएको थियो । सार्कीले भने मेरो जहाज चढेर सुविधा सम्पन्न ठाउँमा गएर यो रड झिकेको भए मेरो कम्तीमा १ लाख रुपैयाँ खर्च हुन्थ्यो, डाक्टरलाई धन्यवाद दिँदै उहाँको अनुहारमा खुसी पढ्न सकिन्थ्यो । त्यसै गरी हर्निया र हाईड्रोसिल भएर उपचार गर्न नपाएका थुप्रै विरामी पनि यसरी खुसी व्यक्त गर्दै थिए । बल्ल गाउँमा सिँहदरबार आएको अनुभुती भयो, सर्केगाड गाउँपालिका वडा नं. ६ का रविन्द्र बुढाथोकीले बताउँदै थिए । शहरमा गएर लाखौं खर्च गरेर उपचार गर्नु पर्ने गाउँका विरामीलाई ठूलो राहत भएको बुढाथोकीको भनाई रहेको थियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनशक्ति र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा कर्णालीका गाउँ गाउँमा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान भईरहेको छ । कर्णालीका वासिन्दाले रोगले मर्नु पर्ने अवस्थालाई न्यूनिकरण गर्नको लागि विज्ञान प्रतिष्ठान र सामााजिक विकास मन्त्रालयको समन्वयमा हरेक जिल्लामा विशेषज्ञ डाक्टरको टोली स्वास्थ्य सेवामा लागि परेको छ । जाजारकोटबाट सुरु भएको सेवा हाल हुम्ला जिल्लाका विभिन्न गाउँमा सेवा प्रदान गरिरहेको छ । स्वास्थ्य टोलीले सर्केगाड गाउँपालिकामा मात्रै विभिन्न रोगका ५४ वटा अपरेसन गरेको छ । ग्रामिण बस्तीमा आर्थिक कमजोरीको कारण थुप्रैले रोग सँगालेर राखेका विपन्न वर्गलाई यसरी उपचार गर्न पाउँदा र उनीहरुको अनुहारमा खुसी देख्दा साँचै डाक्टरी पेशा सँगालेकोमा डाक्टर मंगल रावल र उनको सहकर्मीको सन्तुष्टीपन देख्न सकिन्थ्यो । ‘हामी त शहरमा मात्रै विरामीको उपचार गरेर बसेका थियौं, सेवा प्रदान गर्न त साँच्चै डाक्टरले गाउँमा छिर्नु पर्ने रहेछ, सुखी त्यहाँ मिल्ने रहेछ’ डाक्टर हरिहर देवकोटाले बताउनु भयो ।

भौगोलिक विकटता, कठिन जविनशैली, आर्थिक अभाव, जनचेतनाको अभावले कर्णालीका जनताले स्वास्थ्य सेवा निशुल्क भन्ने सरकारको नितीमा छिर्न नपाएको भए पनि हाल विशेषज्ञ टोलीले सेवा दिँदा केही राहत महशुस गरेका थिए । गाउँमा अहेब र अनमीले दिने सिटामोलको भरमा बाँचेका कर्णालीका जनताकाो लागि यो विशेषज्ञ टोलीको सेवाले करोड भन्दा बढीको आर्थिक लाभ लिएको अर्का डाक्टर रमेश भट्टराईले बताए । जिल्ला अस्पतालमा एकमात्र दरबन्दीमा रहेका एम्.डि.जि.पि. डाक्टर अमित विष्टले पनि गाउँमा गएर सेवा गर्दा आफुमा छुट्टै खुसी पलाएको बताउनु भयो । मैले जिल्ला अस्पतालमा आउने विरामीलाई मात्र सेवा गरेर थोरैलाई समेटेको रहेछु, आखिर सेवा गर्नु पर्ने ठाउँ कर्णालीका हरेक ग्रामिण बस्ती रहेछ, त्यहाँ रोग र भोगले प्रताडित भएका विरामीलाई राज्यले दिने सेवा बल्ल पुगेको छ, त्यसमा आफु अति नै जीवनको अमूल्य सेवा दिएको विष्टले बताउनु भयो । चौध वर्ष सम्म हर्निएको उपचार गर्न नसकेर हाल सम्म घरमा नै कुइृंजिएर बस्नु पर्दाको पिडाबाट मुक्त हुँदा नाम परिवर्तन गरिएको रमेश ऐडीले बताउनु भयो । ‘उपचार गरौं भने पैसा छैन, रोग के लागेको हो थाहा पनि छैन, गाउँ नजिक रहेको स्वास्थ्य चौकीमा यसको उपचार गर्न सकिन्न भनेर डाक्टरले भन्थे, शहरमा जानको लागि आफु नसक्ने अवस्था हुँदा १४ वर्ष सम्म रोग पालेर राखेको थिएँ’, ऐडीको भनाई रहेको थियो ।

हुम्ला जिल्लाको मैलामा ९ वटा, श्रीनगरमा २३ वटा, सर्केगाडमा ५४ वटा विरामीको साना ठूला अपरेसन गरी विशेषज्ञ टोलीले उपचार गरेको थियो । करिब २ लाख रुपैयाँ हुम्ली जनताले उपचार पछि जोगाएको अनुमान विशेषज्ञको रहेको छ । यस अघि विभिन्न संघ संस्थाले आयोजना गर्ने स्वास्थ्य सिविरमा सामान्य चेकजाँच गर्ने र औषधी मात्रै दिएर पछि दीर्घकालिन समस्याको समाधान गर्ने नगरेको कारण यस पटकको कर्णालीका नै युवा र केही गरौं भन्ने सोच भएका डाक्टरको टोली गाउँ गाउँमा सेवा गर्नको लागि अगाडी बढेको डाक्टर मंगल रावलले बताउनु भयो । शहरी क्षेत्रमा सुविधा सबैले दिन्छन् तर गरिब जनताको घरदैलोमा औषत्री र डाक्टर देख्न नपाएका विरामीलाई उपचार गर्न, सरकारको निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य हासिल गर्न पनि कर्णाली प्रदेश सरकार लागि परेको सामाजिक विकास मन्त्री दल रावलले बताउनु भयो । आगामी आर्थिक वर्षमा अझ प्रभावकारी कार्यक्रम कर्णालीका जनतालाई ल्याई रोगबाट मुक्त हुने खालको अवस्था सिर्जना गरिने मन्त्री रावलले जानकारी दिनु भयो । कुनै गाउँमा सुत्केरी हुन नसकेर कठिन अवस्थामा जीवन विताईरहेका महिलालाई आफु स्वयं हेलिकोप्टर लगेर उद्धार गरेको सम्झँदै मन्त्री रावलले कर्णालीका जनतालाई सरकार भएको अनुभुती हुने खालका कार्यक्रम कर्णाली प्रदेश सरकारले यस वर्ष योजना तर्जुमा गरेको समेत बताउनु भयो ।

हरेक गाउँपालिकामा कम्तीमा एक दरबन्दी एम्.डि.जि.पी. डाक्टर सहित स्वास्थ्यकर्मी भएको सुविधा सम्पन्न अस्पताल स्थापना हुनु पर्नेमा जोड रहेको थियो । सिमकोटमा रहेकाो जिल्ला अस्पताल सम्म उपचार गर्न नसक्ने गाउँमा थुप्रै आर्थिक अभाव भएका रोगी रहेका छन्, तर डाक्टर कस्ता हुन्छन् भनेर देख्न नपाई मृत्युवरण गर्नेको संखया अझै हुम्लामा हजारौंको रहेको छ । हाल विशेषज्ञ डाक्टरको टोली सिमकाोट गाउँपालिकामा रहेको जिल्ला अस्पतालमा सेवा दिई रहेको छ ।

त्यसै गरी कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा एक डाक्टरको टोली हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको हिल्सामा पर्यटकलाई उपचारको लागि सेवा दिन वर्षभरी नै तैनाथ रहने गरी खटाएको छ । पर्यटकको आवागमन हुँदा सम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खटिएको जनशक्तिले भारतिय र अन्य मुलुकबाट हुम्ला आएका पर्यटकलाई स्वास्थ्य सेवा दिईरहेको पाईएको छ ।

माथिको तश्वीरमा: विशेषज्ञ स्वास्थ्य टोली हुम्लाको गाउँ-गाउँमा उपचारमा । तश्वीर: रेशमराज रोकाया

Share This Article
Leave a Comment

Leave a Reply