१४ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

मिलन व्यावसायीक कृषि सहकारी खर्वाङद्धारा उत्कृष्ट कृषकहरुलाई सम्मान

१६ माघ २०७२, शनिबार १३:५२

कमल पौडेल/ माघ १६, बागलुङ (खर्वाङ) । मिलन व्यावसायीक कृषि सहकारी संस्था लि. दगातुन्डाडा बागलुङले व्यावसायीक रुपमा कृषि गर्ने २ वटा फर्म तथा २ जना पशुपालक कृषकलाई सम्मान गरेको छ। शनिवार पाँचौ वार्षिक साधारण सभाको अवसरमा खर्वाङ बजारमा संचालित प्रगतिशिल वंगुर फर्म र मिलिजुली ताजा तरकारी फर्म तथा दगातुन्डाडा ८ का कुखुरा पालक हमेश गिरि र दगातुन्डाडा ३ का वाख्रा पालक कल्पना रामजालीलाई सम्मान पत्र सहित सम्मान गरिएको हो ।
baglung 3
सो कार्यक्रमको उद्घाटन गर्दै एकिकृत सेवा केन्द्र वुर्तिवाङका प्रमुख जनक थापाले सहकारीले सदस्यहरुको जीवन स्तरलाई वृद्धि गर्ने वताउनु भएको छ। थापाले परम्परागत रुपमा गरिएको खेति प्रणालीलाई आधुनिक र व्यावसायीक गराउन सके मात्रै देश सम्वृद्ध वन्न सक्ने वताउनु भएको छ।

कार्यक्रममा दगातुन्डाडाका निवर्तमान गाविस अध्यक्ष मित्र वहादुर पुन, दगातुन्डाडाका गाविस अध्यक्ष एवं सचिव गिता पौडेल, सहकारीका सल्लाहकार संयोजक विष्णु प्रसाद भुसाल, सदस्य कृष्ण प्रसाद खरेल, नेपाली काग्रेसका क्षेत्रिय सदस्य विष्णु थापा, नेकपा एमालेका जिल्ला सल्लाहकार परिषद्का सदस्य टोप नारायण अर्याल, नव प्रतिभा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णु प्रसाद खरेल, परोपकार वहुउद्धेश्यिय सहकारी वामीका सचिव गोपि कृष्ण खरेल, पशुसेवा केन्द्र खर्वाङका प्रमुख महेन्द्रराज पन्थि, सिवाईसि शाखा खर्वाङका वरिष्ठ शाखा प्रवन्धक शान्ति शर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
baglung 2
सभामा सहकारीका अध्यक्ष दिन वहादुर केसिले भावि निति तथा कार्यक्रम सहितको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष वावुराम जि.सि.ले ५१ लाख ४२ हजार वरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम अध्यक्ष दिन वहादुर केसिको अध्यक्षता उपाध्यक्ष खगिश्वर अर्यालको स्वागत मन्तव्य तथा सचिव जिव वहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।
baglung 1
सहकारीले बागलुङ जिल्लाका ५ गाविस तथा गुल्मीका ३ गाविसका कृषकहरुलाई एकिकृत गर्दै व्यावसायीक कृषीतर्फ उन्मुख गराउन व्यावसायीक ऋण लगानी तथा अनुगमन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहकारीसम्बन्धी अध्यादेश: अब एकजनाले १० लाखभन्दा बढी बचत गर्न नपाउने आजपाद्वारा काठमाडौँमा विरोध प्रदर्शन वडाध्यक्ष रोजिना श्रेष्ठलाई पार्टी जिम्मेवारीबाट मुक्त गर्न रास्वपाभित्र माग सर्लाहीमा २ वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह विमान दुर्घटनापछि जेजु एयरले माग्यो माफी राष्ट्रपतिबाट सहकारीसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश जारी ७० अर्ब निक्षेप संकलन गर्न राष्ट्र बैंकले गर्यो बोलकबोल आव्हान काठमाडौँमा किशोरीलाई ललाई फकाई गरी सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ विद्यालयका प्रधानाध्यापकले छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै प्रशासनअघि विद्यार्थीको प्रदर्शन लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण भुसाललाई रिमालको चुनौतीः ह्याउ भए बनाऊ आफ्नै घर, अरूको घरको बाल मतलब दक्षिण कोरिया विमान दुर्घटना: अवतरणको क्रममा धावनमार्गमा चिप्लिएर बारमा ठोक्कियो विमान, १७९ जनाको मृत्यु (अपडेट) आज साताको पहिलो कारोवार दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? दक्षिण कोरिया विमान दुर्घटना: मृत्यु हुनेको संख्या ४७ पुग्यो नेपाल सरकारका प्रबक्ता गुरुङले गरे पर्यटनमन्त्री पाण्डेको सार्वजनिक रुपमा आलोचना यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक आज बस्दै दक्षिण कोरियाको एयरपोर्टमा जेजु एयरको विमान दुर्घटना हुँदा २८ जनाको मृ-त्यु कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर बिहान गयो भूकम्प