२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

मिलन व्यावसायीक कृषि सहकारी खर्वाङद्धारा उत्कृष्ट कृषकहरुलाई सम्मान

२०७२, १६ माघ शनिबार १३:५२

कमल पौडेल/ माघ १६, बागलुङ (खर्वाङ) । मिलन व्यावसायीक कृषि सहकारी संस्था लि. दगातुन्डाडा बागलुङले व्यावसायीक रुपमा कृषि गर्ने २ वटा फर्म तथा २ जना पशुपालक कृषकलाई सम्मान गरेको छ। शनिवार पाँचौ वार्षिक साधारण सभाको अवसरमा खर्वाङ बजारमा संचालित प्रगतिशिल वंगुर फर्म र मिलिजुली ताजा तरकारी फर्म तथा दगातुन्डाडा ८ का कुखुरा पालक हमेश गिरि र दगातुन्डाडा ३ का वाख्रा पालक कल्पना रामजालीलाई सम्मान पत्र सहित सम्मान गरिएको हो ।
baglung 3
सो कार्यक्रमको उद्घाटन गर्दै एकिकृत सेवा केन्द्र वुर्तिवाङका प्रमुख जनक थापाले सहकारीले सदस्यहरुको जीवन स्तरलाई वृद्धि गर्ने वताउनु भएको छ। थापाले परम्परागत रुपमा गरिएको खेति प्रणालीलाई आधुनिक र व्यावसायीक गराउन सके मात्रै देश सम्वृद्ध वन्न सक्ने वताउनु भएको छ।

कार्यक्रममा दगातुन्डाडाका निवर्तमान गाविस अध्यक्ष मित्र वहादुर पुन, दगातुन्डाडाका गाविस अध्यक्ष एवं सचिव गिता पौडेल, सहकारीका सल्लाहकार संयोजक विष्णु प्रसाद भुसाल, सदस्य कृष्ण प्रसाद खरेल, नेपाली काग्रेसका क्षेत्रिय सदस्य विष्णु थापा, नेकपा एमालेका जिल्ला सल्लाहकार परिषद्का सदस्य टोप नारायण अर्याल, नव प्रतिभा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णु प्रसाद खरेल, परोपकार वहुउद्धेश्यिय सहकारी वामीका सचिव गोपि कृष्ण खरेल, पशुसेवा केन्द्र खर्वाङका प्रमुख महेन्द्रराज पन्थि, सिवाईसि शाखा खर्वाङका वरिष्ठ शाखा प्रवन्धक शान्ति शर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
baglung 2
सभामा सहकारीका अध्यक्ष दिन वहादुर केसिले भावि निति तथा कार्यक्रम सहितको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष वावुराम जि.सि.ले ५१ लाख ४२ हजार वरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम अध्यक्ष दिन वहादुर केसिको अध्यक्षता उपाध्यक्ष खगिश्वर अर्यालको स्वागत मन्तव्य तथा सचिव जिव वहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।
baglung 1
सहकारीले बागलुङ जिल्लाका ५ गाविस तथा गुल्मीका ३ गाविसका कृषकहरुलाई एकिकृत गर्दै व्यावसायीक कृषीतर्फ उन्मुख गराउन व्यावसायीक ऋण लगानी तथा अनुगमन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता