Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरी : थातथलो खोसिने भएपछि तामाङ बस्तीका बासिन्दा बिचल्लीमा

२०७६, २७ जेष्ठ सोमबार ०८:२९

 जेठ २७, गौशाला । संजीत कुमार मण्डल, महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१ मा ५० वर्र्षदेखि बसोबास गर्दै आएका रामबहादुर पाख्रिन अहिले घरबारविहीन हुने भयले रातदिन चिन्तामा डुबेका छन् ।

रामबहादुर पाख्रिनका बुबा भक्तबहादुर पाख्रिनले सिन्धुलीबाट बसाइँ सरेर २०२६ सालमा महोत्तरीको बर्दिबासमा आएर बसोबास गरेको थियो । बुबाको मृत्युपछि रामबहादुर आफैँ र निजका छोरा तथा नातिहरु प्नि बस्दै आएको घरजग्गा अरूको रहेको अचानक थाहा पाएपछि उनी छानोबाट झरे झँै भएका छन् । 

विगत तीन/चार पुस्तादेखि बर्दिवासको सात बिघा जग्गामा ११ घरधुरी तामाङ बिना कुनै बाधा अड्चन र रोकटोकका साथ बसोबास गर्दै आएको छ । तर पुस्ताँैदेखि आफ्नो रहेको घरबार अहिले अरूको रहेको थाहा पाएपछि सो बस्तीकी अम्रिता लोप्चन पनि बौलाही जस्तो भएकी छिन् । उनले खान, पिउन छाडेकी छिन् भने राति रात बर्बराउने तथा घरपरिवारका सदस्यहरुलाई गाली गर्ने गरेकी छिन् ।

उनी मेरो घर, मेरो सम्पत्ति, मेरो वस्तुभाउ अरूले लैजान लागेको भन्दै पटक पटक उठ्ने र घरबाट भाग्ने जस्ता क्रियाकलाप गर्दछिन् । उनी जस्तै हालत स्थानीयवासी सुनमाया पाख्रिनको पनि छ । उनको पनि होसहवास नरहेको, खान पिउन छाडेको र २४ घण्टा घरबार र श्रीसम्पत्तिकै चिन्ता लिइरहेकी छिन् । उनले आफ्नो बाबुबाजेको थातथलो अरूको हुनै सक्दैन । अरूको भएको भए, बाबुबाजेले भन्ने थिए । तर कसैले केही नभनेकामा निक्कै उदास र अचम्मित छिन् ।

सोही बस्तीका वीरबहादुर मोक्तान आफ्ना साखासन्तान र जहानपरिवारसहित वर्षौंदेखि बसोबास गर्दै आएका घरबार र जग्गाजमीन अरूको रहेको जानकारी पाएपछि विश्वास गर्दैनन् । उनले आफू वर्षौंदेखि जोतभोग गर्दै आएको खेतबारी, वर्षांैदेखि बस्दै आएका घरबार अरूको कसरी हुन्छ भने प्रतिप्रश्न गर्छन् । यति अरूको हो भने यतिका वर्षसम्म किन खोजबिन गर्न आएन् भनी सवाल खडा गर्न थालेका छन् । 

यी चार जना त प्रतिनिधि पात्र मात्रै छन् । तामाङ बस्तीमा उनीजस्ता ११ घरधुरीका दर्जनाँै महिला, पुरुष, वृद्धवृद्धा, युवायुवती र बालबालिकाहरुलाई यो बस्ती र घरबार आफ्ना नरहेको थाहा पाएपछि होस् उडेको छ । उनीहरु अब कहाँ जाने, के गर्ने, कसरी बस्ने, के खाने र जीवनभरि यहीँ बसेर जोडेका श्रीसम्पत्ति अब के हुने भन्दै आत्तिएका छन् । 

त्यस बस्तीका धेरै जसोले बरु यही मर्ने तर थातथलो नछाड्ने भन्छन् । भने धेरैले आफूलाई हटाउन आउनेसँग आफू पनि लड्ने तर आफ्नो घरबार त्यति सजिलै नछोड्ने भन्छन् । ५० वर्ष पूर्व २०२६ सालमा खाली र ऐलानी चौर रहेको भन्दै ११ घरधुरी तामाङले बसोबास गरेको, त्यहाँ पक्की कच्ची विभिन्न प्रकारको घर बनाएको र रूख, बिरुवासहित खेतीबारीसमेत लगाइएको ती जग्गा अहिले तत्कालीन बर्दिबासका (राजा साहेब) को नाउँले चर्चित जमिदार नीरबहादुर हमालको रहेको खुलासा भएको छ ।

कतिले त्यस बस्तीमा ११ घरधुरी तामाङलाई राजा साहेबले नै बसाउनुभएको र उनले नै ती तामाङहरुलाई स्थायी रुपमा घरबारसमेत बनाई दिनुभएको बताउँछन् भने कतिले राजा साहेबलाई आफ्ना बाबुबाजेले केही दिनसम्म कुत बुझाएर त्यहाँ बसेको बताउँछन् ।

यसैबीच बर्दिबास नगरपालिका–१ मा सात बिघा क्षेत्रफलमा फैलिएको ती बस्तीको सम्पूर्ण जग्गा राजा साहेबले जनता मावि बर्दिबासको नाउँमा दर्ता गरिदिनुभएको खुलासा भएको छ । अहिले त्यस विद्यालयको सम्पत्ति खोजबिन हुन थालेपछि तामाङ बस्तीको सात बिघा जग्गा सो विद्यालयको रहेको खुलासा भएको छ । 

जनता मावि बर्दिबास प्रधानाध्यापक दिलीप कुमार तिवारीले त्यस विद्यालयको संस्थापक अध्यक्षसमेत रहनुभएका नीरबहादुर हमालले विद्यालयलाई सात बिघा जग्गा दान दिनुभएको बताउनुभयो ।

सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण महतोले बर्दिबासमा त्यस विद्यालयको नाउँमा जम्मा २१ बिघा जग्गा रहेको र सात बिघामा पैmलिएको तामाङ बस्ती पनि विद्यालयकै रहेको बताउँदै अब विद्यालयले ती बस्ती खाली गराउन पहल गरेको बताउनुभयो ।

उहाँले त्यस बस्तीमा विद्यालय, प्रशासन, प्रहरी तथा दाता परिवारसहित नागरिक समाजका अगुवासहितको टोलीले पनि स्थलगत निरीक्षण गरेर स्थानीयवासीलाई वास्तविकता बताएका छन् भने उनीहरुलाई के कसरी, कहाँ कुन रुपमा व्यवस्थापन गर्ने गराउने बारे सबै सरोकारवालाहरुसमेत सक्रिय भएको बताउनुभयो । तर जे जसो भए पनि, सो तामाङ बस्तीमा अहिले भुइँचालो आएजस्तो भएको छ भने त्यहाँ बस्दै आएका दर्जनाँै व्यक्तिहरु बिचल्लीमा परेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै