रिघामा कृषकहरुको लागी तालिम सुरु

Posted on: 31 Jan, 2016

कमल पौडेल । माघ १७, बागलुङ । अभियान कृषि तथा पशु विकास सहकारी संस्था लिमिटेड रिघा वागलुङको आयोजना तथा जिल्ला कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा आज देखि शेयर सदस्य तथा कृषकहरुको लागी कृषि तथा अभिमुखिकरण तालिम शुरु भएको छ।

तालिम रिघा गाविस भवनमा सुरु भएको तालिमको उद्घाटन कार्यक्रममा वरिष्ठ जिल्ला कृषि विकास अधिकृत विनोद हमाल, प्रचार अधिकृत विप्लव अधिकारी, जिल्ला पशुविकास कार्यालय बागलुङका डा. सुवास चौधरी, कृषि सेवा केन्द्र खर्वाङका प्रमुख जटासंकर साहु, सु आहारा कार्यक्रमका फिल्ड संयोजक विश्वनाथ आचार्य ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तालिममा सहकारीमा आवद्ध सय भन्दा वढि कृषकहरु सहभागि भएका छन् । तालिम भोली सम्म चल्ने र भोलीको कार्यक्रम खुल्ला अन्तरक्रियात्मक हुने कार्यक्रम संयोजक डम्वर श्रीसले जानकारी दिनुभएको छ। कार्यक्रम सहकारीका अध्यक्ष देव विकको अध्यक्षता, सदस्य घिरेन राजवंशिको स्वागत मन्तव्य तथा कार्यक्रम संयोजक डम्वर श्रीसको संचालनमा सम्पन्न भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!