2026-09-18 09:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट : छात्रालाई सेनेटरी प्याड र भेन्डिङ मेसिन वितरण

जेठ २८, विदुर । नुवाकोटको लिखु गाउँपालिकाका दुई विद्यालयलाई सेनेटरी प्याड र भेन्डिङ मेसिन वितरण गरिएको छ । सोमबार भएको एक कार्यक्रममा लिखु गाउँपालिकास्थित चौघडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला नेता एवं लायन्स क्लब अफ काठमाडौँ डाउनटाउनका प्रथम उपाध्यक्ष पूर्णलाल श्रेष्ठले क्षेत्रपाल माध्यमिक विद्यालयका प्रधानध्यापक कृष्णबहादुर राई र महेशदेव मावि थानसिङका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सामुदायिक विद्यालय व्यवस्थापन महासङ्घ लिखुका अध्यक्ष रामबहादुर ओझालाई एक/एक थान सेनेटरी प्याड तथा भेन्डिङ मेसिन वितरण गर्नुभयो ।

 विद्यालयलाई हस्तान्तरण गरिएको मेसिन लिखु गाउँपालिकाको नै पहिलो भएको विद्यालयले जानकारी दिएको छ । सो मेसिन लायन्स क्लब अफ काठमाडौँ डाउनटाउन र विद्यालयले संयुक्तरूपमा खरीद गरेका हुन् । मेसिन खरीद गरिएसँगै दुई विद्यालयका करीब ३५० छात्रा लाभान्वित हुने बताइएको छ । महीनावारीको समयमा छात्रा प्रायःजसो विद्यालय उपस्थित नहुने, विभिन्न समस्याका कारण विद्यालय आउन लजाउने जस्ता विषयहरुलाई ध्यानमा राखेर छात्रालाई विद्यालयमा उपस्थित गराउन मेसिन खरीद गरेको नेकपाका नेता श्रेष्ठले जानकारी दिनुभयो । 

श्रेष्ठले भन्नुभयो, “सरकारले बजेटमार्फत नेपालभरिका विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण गर्ने कार्यक्रम ल्याएको छ यस्तो कार्यक्रमले विद्यालयका छात्रा लाभान्वित हुने विश्वास गरेको छु ।” यस्तै, श्रेष्ठले लिखु गाउँपालिका–२ स्थित लब्दुमा श्रीकृष्ण आधारभूत प्रथामिक विद्यालयमा अध्यनरत ४० विद्यार्थीलाई ४० थान झोला तथा स्टेसनरी सामग्रीहरु वितरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई