सारदाविद्या मन्दिर मावि वामी मैदानको लागी नगद ६ लाख सहयोग गर्ने सारदा शर्माको घोषणा

Posted on: 05 Feb, 2016

कमल पौडेल/ माघ २२, बागलुङ (खर्वाङ) । सारदाविद्या मन्दिर मावि वामी मैदान गुल्मीको भवन निर्माणार्थ हाल भरतपुर १०, चितवन निवासी सारदा शर्मा पौडेलले नगद ६ लाख सहयोग तथा १ वर्षको स्वयम्सेविको रुपमा काम गर्ने घोषणा गर्नुभएको छ। वामी ४ निवासी शिक्षाविद् स्वर्गिय भिस्म सापकोटाकी छोरी समेत रहेकी पौडेलले बुधवार वामी मैदानमा भएको भवन निर्माण समितिको वैठकमा सो घोषणा गर्नुभएको हो। वामीकै शैक्षिक धरोहरको रुपमा रहेको विद्यालयको भवन निर्माणको लागी विदेसमा रहेका नेपालीहरुवाट वामी सेवा समित जापान मार्फत ५० लाख, जिल्ला शिक्षा कार्यालय गुल्मीको ३२ लाख तथा स्थानियहरुको सहयोग संकलन अभियान वाट झण्डै १८ लाख गरि कुल १ करोडमा १८ कोठे भवन निर्माण गर्ने लक्ष्य रहेको विद्यालयका प्रधानाध्यापक ज्ञानहरी सापकोटाले जानकारी दिनुभएको छ। सो भवन निर्माण समितिको वैठकमा वामी सेवा समिति जापानका अध्यक्ष टिकाराम घिमिरे, पूर्व उपाध्यक्ष रामलाल सापकोटा, सदस्य थानेश्वर घिमिरे, जापान प्रतिनिधिहरु रवि घिमिरे, शेर वहादुर केसि, उत्सव केसि, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष ठग वहादुर केसि, शिक्षक अभिभावक संघका अध्यक्ष मेघनाथ खरेल, अर्थ संकलन समितिका संयोजक भुवन केसि लगाएतलको सहभागिता रहेको थियो । वैठकले पहिलो तलाको रुपमा तत्कालै ६ कोठे भवन निर्माण सुरु गर्ने, जसको लागी गिटि वालुवा टेन्डर गर्ने, प्राविधिक सर्वे डिजाइन गर्ने, लगाएतका निर्णय गरेको छ। वैठक भवन निर्माण समितिका अध्यक्ष शारदा शर्मा पौडेलको अध्यक्षता तथा प्रधानाध्यापक ज्ञानहरी सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!