१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नेकपा क्रान्तिकारी माओबादी बागलुङले स्थानीय प्रशासनलाई ज्ञापन पत्र बुझाईयो

२५ माघ २०७२, सोमबार ०३:५३

माघ २५, बागलुङ । नाकाबन्दीको नाममा पछिल्लो समयमा देखिएको बिभिन्न समस्यालाई तत्काल समाधान

गर्न माग गर्दै नेकपा क्रान्तिकारी माओबादी बागलुङले स्थानीय प्रशासनको ध्यानार्कषण गराएको छ ।

नाकाबन्दी खुलेर सहज अवस्था सिर्जना हुन लागि रहेको अवस्थामा पनि पेट्रोलियम पदार्थ, ग्यास लगायतको चरम अभाव एवं महंगीले सर्वसाधारण नागरिकको जिवन कष्टकर बनेको प्रति ध्यान केन्द्रित गर्न ज्ञापन पत्र मार्फ आग्रह गरिएको छ ।

ज्ञापनपत्रमा पेट्रोलियम पदार्थ र ग्यासको बितरण प्रणाली अबैज्ञानिक भएको, पेट्रोलियम पदार्थको अभाव देखाउदै सवारी साधनले मनपरि भाडा लिएको, दैनिक उपभोग्य बस्तुको कृत्तिम अभाव श्रृजना गरी अस्भाविक मुल्य बृद्धि गरिएको, भूकम्प पिडितलाई राहत बितरण सामाग्री पुग्न नसकेकोले लगायतका १४ बुदे माग
समावेश गरिएको छ ।

नेकपा क्रान्तिकारी माओबादीका जिल्ला संयोजक चन्द्रबहादुर बुढा ‘सागर’ले निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीलाई ज्ञापन पत्र बुझाउदै जिल्लामा ग्यास, डिजेल, पेट्रोल बितरणमा देखिएको मनपरी र बढ्दो महङ्गी नियन्त्रण गर्न आग्रह गर्नुभयो ।

दैनिक उपभोग्य बस्तुहरुको अभाव, मंहगी, भ्रष्टचार कालोबजारीको कारण मानविय जिवनमा समस्या भएकोमा जिम्मेवार बन्दै राज्यको अनुभूति दिलाउन ज्ञापन पत्र मार्फत प्रशासनलाई ध्यानाकर्षण गराइएको छ ।

बिकास निमार्णका काममा ढिलासुस्ती, पछिल्लो समयमा नेपाल बिद्युत प्राधिकरणले लोडसेडिङको तालिका प्रकाशन गरि पिडित बनेका नागरिकलाई थप पिडा दिएको, ३ सय मेघावाट उत्तरगंगा जलाशययुक्त जनबिद्युत परियोजना सफल हुन नदिने काम भईरहेकाले प्रशासनको ध्यानार्कषण गराइएको संयोजक बुढाले बताउनुभयो ।

स्थानिय स्तरमा रहेको कुरा ज्ञापन पत्रका रहेकोले यस बिषयमा अध्ययन गरि आवश्यक पहल चाल्ने निमित्ति प्रमुख जिल्ला अधिकारी धुव्र गिरीले बताउनुभयो । अनियमितामा प्रशानको कुनै हात नभएको भन्दै गिरीले यस बिषयमा छानविन गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का