नयाँ सहकारी ऐन सँग सहकारीका नाममा ठगी गर्ने अत्तालिएको उप प्रधानमन्त्रि केसिको भनाई

Posted on: 13 Feb, 2016

कमल पौडेल/ फागुन १, बागलुङ (खर्वाङ) ।  उपप्रधान तथा सहकारी एवं गरिवि निवारण मन्त्रि चित्र वहादुर के.सि.ले नयाँ सहकारी ऐन ल्याउन लाग्दा सहकारीका नाममा ठगि गर्नेहरु अत्तालिएको वताउनु भएको छ। शुक्रवार साँझ बागलुङ खर्वाङका स्थानिय सहकारी कर्मिहरु संग अन्तरक्रिर्या गर्दै केसिले २०४८ को सहकारी ऐन वर्तमान समयमा उपयुक्त नभएकोले आवश्यक संसोधन सहित नयाँ ऐन ल्याउन लागेको जानकारी दिनुभएको छ। विद्यायन सभामा पुगेको ऐनलाई पास हुन नदिन विभिन्न चलखेलहरु भएको आरोप लगाउँदै केसिले सो ऐनले मात्रै सहकारी क्षेत्र सवल वन्ने दावी गर्नुभएको छ। news सहकारी समाजवादी अर्थतन्त्रको जग भएको भन्दै केसिले सवल सहकारीवाट जनताको सम्वृद्धि हुने वताउनु भएको छ। एक फरक प्रसंगमा केसिले नेपालले आफै संविधान जारी गरेवापत नाकावन्दि वेहोर्नु परेको भन्दै संघियताको नाममा वैदेशिक हस्तक्षेप वढि रहेको र संधियता खारेज नभएसम्म समस्या समाधान नहुने समेत दावी गर्नुभएको छ। रेडियो सारथी संगको कुराकानी क्रममा केसिले गरिवि निवारणको लागी पहिलो चरणमा गरिवि पहिचान गर्न २५ जिल्लामा कार्यक्रम सुरु भएको र गरिविको परिचय पत्र वितरण गरिने त्यसपछि आवश्यक काम गरिने वताउनु भएको छ। देशमा मात्रात्मक परिवर्तन भएपनि गुणात्मक परिवर्तन हुन नसकेको भन्दै गुणात्मक परिवर्तन विना आम जनताले परिवर्तनको महसुस गर्न कठिन हुने पनि केसिले वताउनु भएको छ। केसिले गरिवि निवारण कोष नै गरिवि निवारण मन्त्रालयको मातहतमा नभएकोले सो कोषलाई मातहत ल्याउने कार्य भैरहेको जानकारी दिनुभएको छ। केसिले सनिवार राष्ट्रिय जनमोर्चा बागलुङ को पाचौं जिल्ला सम्मेलनको वुर्तिवाङमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!