Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेख कारागारका कैदीबन्दीलाई कारागारमै सामग्री

२०७६, ३० जेष्ठ बिहीबार ०६:५०

जेठ ३०, दुल्लु । दैलेख कारागारका कैदीबन्दीलाई सामग्री हस्तान्तरण गरिएको छ । नेपाली प्रजातान्त्रिक आन्दोलनकी अग्रणी महिला नेतृ शैलजा आचार्यको १०औँ स्मृति दिवसका अवसरमा नेपाल महिला सङ्घ दैलेखले सामग्री हस्तान्तरण गरिएको हो । नेपालको पहिलो महिला उपप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसकी वरिष्ठ नेतृसमेत रहनुभएकी आचार्यको स्मृति दिवसको अवसरमा कारागारका कैदीलाई सामग्री हस्तान्तरण गरिएको हो ।

 स्मृति दिवसका अवसरमा नेपाल महिला सङ्घ दैलेखले कारागारका कैदीबन्दीलाई १५ थान कुर्ची, एक भलिबल, एक थान फिल्टर, एक थान घडी, आठ झुल हस्तान्तरण गरेको थियो । यस्तै कारागारका महिला कैदीबन्दीलाई स्तनपान गराउन सहजताका लागि दुई थान पर्दा समेत प्रदान गरिएको छ । महिलालाई सेनेटरी प्याडलगायतका सरसफाइ सामग्री प्रदान गरिएको छ । यसैगरी मनोरञ्जनका सामग्रीमा मादल र खैजडी हस्तान्तरण गरिएको छ ।

नेपाल महिला सङ्घ दैलेखका अध्यक्ष सीताकुमारी रानाले स्मृति दिवसमा होटलका सभाहलमा कार्यक्रम नगरी आफूहरुले कैदीबन्दीलाई सहयोग गरेको बताउनुभयो । प्रदान गरिएको सामग्रीले कैदीबन्दीलाई सहज हुने उहाँको धारणा छ ।

 दैलेख कारागारका जेलर जीतबहादुर खत्रीले कैदीबन्दीका लागि सामग्री प्रदान गरेकामा महिला सङ्घलाई धन्यवाद दिनुभयो । कारागारका कैदी प्रमुख मानबहादुर नेपालीले कैदीबन्दीलाई मनोविमर्श तालीम आवश्यक परेको बताउनुभयो । “कारागारमा थुप्रै किताबहरु छन्, ती किताब राख्ने दराजसमेत छैन”, नेपालीले भन्नुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै