ट्रकले सडक वाट उछिट्टाएको ढुंगाले लाग्दा खर्वाङमा एक जनाको ज्यान गयो

Posted on: 13 Feb, 2016

कमल पौडेल/ फागुन १, बागलुङ (खर्वाङ) । बा २ ख ९२९६ नम्वरको ट्रकलेले सडक वाट उछिट्टाएको ढुंगाले लाग्दा बागलुङको खर्वाङमा एक जना महिलाको ज्यान गएको छ। शिसाखानी ४ स्थायी घर भई हाल दगातुन्डाडा ७ खर्वाङमा वस्दै आएका जित वहादुर पुन कि ३० वर्षिया श्रीमति टिका पुनको शनिवार विहान मृत्यू भएको हो।

सानो चिया पसल समेत संचालन गर्दै आएकि पुनले विहान ६ः४० वजे तिर सरसफाई गर्दै गर्दा बुटवलवाट वुर्तिवाङ तर्फ ग्याँस सिलिण्डर लिएर जाँदै गरेको ट्रकको टायरले उछिट्याएको ढुंगाले छातिमा लागी घाईते भएकि पुनको उपचारका लागी हटिया लैजादै गर्दा मृत्यू भएको प्रहरीले वताएको छ। ट्रक र चालकलाई ग्वालीचौर प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय वुर्तिवाङ पठाएको र थप अनुसन्धान भैरहेको प्रहरीचौकी खर्वाङका इन्चार्ज प्रहरी नायव निरिक्षक खिम वहादुर खत्रिले जानकारी दिनुभएको छ। मृतक टिका श्रीमान जित वहादुर ले जिप चलाउँदै आएका छन्। नावालक २ छोरी र १ छोरा रहेको पुन परिवार विचल्लीमा परेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!